मुख्य समाचार
नेकपा (संयुक्त) को आह्वान : ‘घुस नखानेहरूको पार्टी’ बनाउन जेनजी र नागरिकलाई साथ दिन अपील | कञ्चनरूपमा ९ सय ७८ केजी गाँजासहित एक युवक पक्राउ | डाक्नेश्वरीमा वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न | रुपनगरमा खानेपानीको पाइप फुटेपछि, सङ्क्रमणको जोखिम बढ्दै | छठ मनाउँदाका क्रममा पोखरीमा डुबेर पुरुषको मृत्यु | “तीन सन्तान गुमाएको पीडा : सौर्य जहाज दुर्घटना जानाजान गरिएको मानवीय त्रुटि हो’ | कञ्चनरूपमा पत्रकारमाथि कुटपिट, पत्रकारहरूको सामूहिक उजुरी | कञ्चनरुपमा पत्रकारमाथि दुर्व्यवहारः पत्रकारद्वारा कानूनी कारबाहीको माग | जोगवनी बजार तनावग्रस्त, नेपालीको प्रवेश रोकियो | Kanchan24.com पाँचौँ वर्षको यात्रा पुरा गरी छैठौं वर्षमा प्रवेस |

लेटाङ नगरपालिकाको बजेट सार्वजनिक (यस्ता छन् मुख्य मुख्य अंशहरु)

Kanchan24 1+ समाचार ( )
३१ आषाढ २०८०, आइतबार

मोरङ । लेटाङ नगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/०८१ को बजेट नीति तथा कार्यक्रम एक समारोहकाबीच सार्वजनिक गरेको छ । शनिबार स्थानीय जनसेवा सामुदायीक वनको सभाहलमा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम गरि आगामी आर्थिक वर्ष ०८०/०८१ को बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।

प्रमुख अतिथी लिम्बूले बजेट नीति तथा कार्यक्रम पुस्तिका सार्वजनिक गरेपछि नगर उपप्रमुख कृष्णकुमारी निरौलाले बजेटका मुख्य अंश पढेर सुनाउनु भएको थियो । उहाँले गत असार १० गते बसेको लेटाङ नगरपालिकाको तेह्रौं नगरसभाले पारित गरेको ७२ करोड ९ लाख ७ हजार रुपैयाँको बजेटका मुख्य अंशहरु बढेर सुनाउनुभयो ।

असार १० गते बसेको तेह्रौं नगरसभा सञ्चारकर्मीहरुलाई समेत निमन्त्रण नगरी सम्पन्न भएकोमा आइतबार भव्य कार्यक्रम गरि बजेट सार्वजनिक गरिएको हो । ७२ करोड ९ लाख ७ हजार बजेटमध्ये चालुतर्फ ३६ करोड ७१ लाख  ९३ हजार विनियोजना गरिएको छ भने पँुजीगत तर्फ ३८ करोडा ३७ लाख १३ हजार बजेट विनियोजन गरिएको छ ।

चालुतर्फ कूल बजेटको ४८ दशमलव ९ प्रतिशत र पूँजिगततर्फ ५१ दशमलव १ प्रतिशत बजेट छुट्याइएको छ । बजेट सार्वजनिक कार्यक्रममा विशिष्ट अतिथिको रुपमा पूर्वसांसद् घनश्याम खतिवडा, मोरङ १(क) का सांसद् खड्ग बहादुर बस्नेत, पूर्व मेयर शंकर राई विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो । सो अवसरमा लेटाङका अग्रजहरु नामक पुस्तक समेत विमोचन गरिएको भयो भने विभिन्न व्यक्तिहरुलाई पुरस्कृत पनि गरिएको थियो । 

पढ्नुहोस् कार्यक्रममा सार्वजनिक गरिएको संक्षिप्त बजेट :

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार