मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

लेटाङ नगरपालिकाको बजेट सार्वजनिक (यस्ता छन् मुख्य मुख्य अंशहरु)

Kanchan24 1+ समाचार ( )
३१ आषाढ २०८०, आइतबार

मोरङ । लेटाङ नगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/०८१ को बजेट नीति तथा कार्यक्रम एक समारोहकाबीच सार्वजनिक गरेको छ । शनिबार स्थानीय जनसेवा सामुदायीक वनको सभाहलमा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम गरि आगामी आर्थिक वर्ष ०८०/०८१ को बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।

प्रमुख अतिथी लिम्बूले बजेट नीति तथा कार्यक्रम पुस्तिका सार्वजनिक गरेपछि नगर उपप्रमुख कृष्णकुमारी निरौलाले बजेटका मुख्य अंश पढेर सुनाउनु भएको थियो । उहाँले गत असार १० गते बसेको लेटाङ नगरपालिकाको तेह्रौं नगरसभाले पारित गरेको ७२ करोड ९ लाख ७ हजार रुपैयाँको बजेटका मुख्य अंशहरु बढेर सुनाउनुभयो ।

असार १० गते बसेको तेह्रौं नगरसभा सञ्चारकर्मीहरुलाई समेत निमन्त्रण नगरी सम्पन्न भएकोमा आइतबार भव्य कार्यक्रम गरि बजेट सार्वजनिक गरिएको हो । ७२ करोड ९ लाख ७ हजार बजेटमध्ये चालुतर्फ ३६ करोड ७१ लाख  ९३ हजार विनियोजना गरिएको छ भने पँुजीगत तर्फ ३८ करोडा ३७ लाख १३ हजार बजेट विनियोजन गरिएको छ ।

चालुतर्फ कूल बजेटको ४८ दशमलव ९ प्रतिशत र पूँजिगततर्फ ५१ दशमलव १ प्रतिशत बजेट छुट्याइएको छ । बजेट सार्वजनिक कार्यक्रममा विशिष्ट अतिथिको रुपमा पूर्वसांसद् घनश्याम खतिवडा, मोरङ १(क) का सांसद् खड्ग बहादुर बस्नेत, पूर्व मेयर शंकर राई विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो । सो अवसरमा लेटाङका अग्रजहरु नामक पुस्तक समेत विमोचन गरिएको भयो भने विभिन्न व्यक्तिहरुलाई पुरस्कृत पनि गरिएको थियो । 

पढ्नुहोस् कार्यक्रममा सार्वजनिक गरिएको संक्षिप्त बजेट :

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार