मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

सुन्दरहरैंचा-६ द्वारा उदाहरणीय महिला र संस्था सम्मानीत

Kanchan24 1+ समाचार ( )
१९ मंगशिर २०८०, मङ्गलबार

मोरङ । सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ६ ले वडाका ५ जना महिला र २ वटा संस्थालाई सम्मान गरेको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत वडाको डिपू चोकमा मंंगलबार सुन्दरहरैंचा नगरपालिका उपप्रमुख अकली चौधरीको प्रमुख आतिथ्यतमा विशेष कार्यक्रम गरि ५ जना विभिन्न क्षेत्रमा उदाहरणीय महिला र २ वटा सामाजिक संस्थालाई सम्मान गरिएको हो । 

कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिका उपप्रमुख अकली चौधरी, वडा नम्बर ६ का वडाध्यक्ष सन्तोष लिङ्देनलगायतले सम्मानपत्र दिनुका साथै दोसल्ला ओढाएर सम्मान गर्नुभयो । अग्रजहरुको उचित लालनपालन गर्ने, सीपको सदुपयोग गर्ने, संघर्षमय जीवन बिताउने, पिछडिएको बस्तीमा चेतना फैलाउने, संस्कृतिको सम्वद्र्धन गर्ने लगायतका काममा सक्रिय भएकाहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा स्थानीय अञ्जना विश्वकर्मा, ताराकुमारी दर्जी, बिल्टी चौधरी, वैजयन्ती लिम्बू, सावित्री ऋषिदेव, पारिजात महिला बचत तथा ऋण सहकारी संस्था र हिमचुली सांस्कृतिक समूहलाई सम्मान गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताहरुले घरबाटै लैङ्गिक हिंसा अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए । वडा नम्बर ६ बाट निर्वाचित कार्यपालिका सदस्य टुनाकुमारी विश्वकर्माको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन वडासदस्य गीता मिश्रले गर्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार