मुख्य समाचार
कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? |

बस ठोक्किँदा एक महिलाको मृत्यु, २१ यात्रु घाइते

Kanchan24 1+ समाचार ( )
५ जेठ २०८०, शुक्रबार

रूपन्देही । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको देउखुरीमा दुई यात्रु बस ठोक्किँदा एकजनाको मृत्यु भएको छ । शुक्रबार बिहान भएको उक्त दुर्घटनामा २१ यात्रु घाइते भएका छन् ।

मृत्यु हुनेमा रोल्पा रुन्टीगढी -७ की ४२ वर्षीया शोभा परियार छिन् । उनका दुई छोरा पनि घाइते भएका छन् ।

लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु. २ ख ७८५ नम्बरको बस र वीरगञ्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना. ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका -३ फल्कापुरमा ठोक्किएर दुर्घटना भएको वडा प्रहरी कार्यलय लमहीका प्रमुख शंकर श्रेष्ठले जानकारी दिए ।

बाराबाट इँटाभट्टामा काम गरेर रोल्पा घर फर्किँदै गरेका मजदुर सवार बस दुर्घटनामा परेको हो । लु. २ ख ७८५ नम्बरका चालक तुल्सीराम रामिजाल गम्भीर घाइते छन् । ११ जना गम्भीर घाइतेलाई उपचारका लागि बुटवल, भैरहवा, नेपालगञ्ज रिफर गरिएको प्रहरीले बताएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार