मुख्य समाचार
राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै रुपनगरमा मिनी महोत्सवको रौनक | घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला |

आफैँमा हराएको जीवन 

Kanchan24 358+ समाचार ( )
१८ भाद्र २०८१, मङ्गलबार

सेवा भित्र हराए 
ममता भित्र हराए 
सिसियु  आइसीयु भित्र 
भमरा रसमा हराए झै
मानव सेवा भित्र हराए 
जीवनको मध्य काल बाट सेतो अपर्णमा हराए 

कामलाई सेवा मानी उपकारमा तल्लीन भए 
मृत्युसँग युद्ध गर्दै 
बिस्तरामा लाश झै 
पल पल बाँचेकाहरू माझ प्रेम भाव समर्पण 
गर्दै उनमै समर्पित भए 
जीवनको लामो अध्याय सकेकालाई
आफै एक काव्य
कथा कविता उपन्यास अनि इतिहास बनेकाहरूलाई
मृत्यु बिजयी युद्ध लड्ने कला सिकाउदै
जीवनको उर्जा उत्साह  उमङ्ग
मनको चाहा प्रेम
सबै तिलाञ्जलि दिदैँ 
कामुकतारूप शृङ्गार 
बिर्सिए
आफैं मा हराए
निलो बउचयल भित्र खुम्च्याए
तिम्रो माया अव्यक्त प्रेम
मनको धढ्कलब मा सजाए
तिमीसँगै बाटिकामा शयर गर्ने
सिनेमा गर्ने
आइस क्रिम खाने
टाढा टाढा भ्रमण गर्ने
अंगालेमा वेर्ने

सोच यही सोतो अपर्ण  भित्र 
होमे
यही सेवा भित्र लुकाए
अनि आशा टुटेकाहरूमा
प्रेम माया ममता परिवार माझ
शब्द भरिदिए
अनि मृत्युको लडाइँ बाट 
विजय गराई
आफन्तको आँचल भरिदिए
दिन महिना अनि वर्ष फेरिए 
भित्ताको भित्तेपात्रो बदलिए
साथै जीवनको काँचुली 
अनिसँगै फेरिए
उमेर
आफै
खोज्दै प्रेमका हात 
समाउने अङ्गालोमा डुब्ने  चाह 
भित्र कुण्ठित नै बनि रहेँ
प्रेमको भाषा न त मैले बुझे
न त कोही बुझाउने नै भेटिए
तर पनि आज कर्मसँग प्रेम गरिरहेँ
रोग र रोगीसँग भुलिरहेँ
अनि पल्टिएका पान्नाले 
निम्त्याएको तिजमा
खेल्दै भुल्दै रम्दै हराउँदै डुबिरहेँ
शिवजीको स्तुति भित्र  आफैलाई विलुप्त गरिरहेँ
हरियाली साउन पछि
रातोमा रङ्गिएर
प्रकृतिको कला
अमूर्त चित्र मा
सुन्दरता भरिरहेँ
काँचुली झै आफै समय अनुसार फेरिए
अनि सधैँ झै फेरि 
नजर र मनकै द्वन्द्व मा 
रुमलिए
पात्रो पल्टिएको छ
जोडिएको छ पल पल अङ्क आफ्नै गतिमा
सोध्दैन कहिले बोल्दैन कहिले तर पनि
जोडिएको छ क्रम अङ्कको
उसको आफ्नै रफ्तारमा
अनि भन्दै छ
जनाउ दिदैँछ मनको मझेरीमा
पीडा दुख अत्यासको 
समय बितेको 
पात्रो पल्टिएको उमेर ढल्किएको
सेवा सेवामा डुबेको
जीवन लाग्छ आफैं बितेको 
जीवन बितेको 
खुशी र उत्साह उमङ्ग र उपकारमा ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार