मुख्य समाचार
बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही |

कञ्चनरुपमा पत्रकारमाथि दुर्व्यवहारः पत्रकारद्वारा कानूनी कारबाहीको माग

Kanchan24 326+ समाचार ( )
२९ अशोज २०८२, बुधवार

कञ्चनरुप, ।कञ्चनरुप नगरपालिका कार्यालय परिसरमा पत्रकारमाथि गरिएको दुर्व्यवहार र हातपातप्रति कञ्चनरुपका सञ्चारकर्मीहरूले संयुक्त रूपमा तीव्र आपत्ति जनाएका छन्। मंगलबार भएको उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै पत्रकार महासङ्घ सप्तरी शाखाले दोषीमाथि तत्काल कानूनी कारबाहीको माग गरेको छ।

घटनाको क्रममा अवलोकित दैनिकका संवाददाता अनिश शेखमाथि नगर प्रमुख ललन प्रसाद गुप्ता र उप–प्रमुख मुन्नाबारी पोखरेलले असहिष्णु व्यवहार गरेका थिए। शिक्षक र कर्मचारीहरूले तलबसम्बन्धी मागसहित प्रदर्शन गरिरहेका बेला समाचार संकलनका क्रममा पत्रकार शेखले भिडियो खिच्दै गर्दा नगर प्रमुखले “तँ कुन पत्रकार होस्, तालिम कहाँबाट लिएकोस्रु” भन्दै आपत्तिजनक शब्द प्रयोग गरेका थिए।

त्यसपछि नगर प्रमुखले पत्रकारको मोबाइल खोस्न नगर प्रहरीलाई आदेश दिँदै आफैंले समेत भिडियो डिलिट गराएको र पत्रकारमाथि हातपातसमेत भएको विज्ञप्तिमा उल्लेख छ।

पत्रकार महासङ्घले यो कार्यलाई संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता र सूचनाको हकको खुल्लमखुल्ला उल्लङ्घन भन्दै भर्त्सना गरेको छ।

विज्ञप्तिमा भनिएको छ ।

“जनताको सत्य सूचना पस्किन अहोरात्र खटिने पत्रकारमाथि गरिएको यस्तो आक्रमण केवल व्यक्तिगत अपमान होइन, सम्पूर्ण पत्रकार समुदाय र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको प्रहार हो।”

सञ्चारकर्मीहरूले विज्ञप्तिमा तीन बुँदे माग अघि सारेका छन् ।

१) नगर प्रमुख र संलग्न नगर प्रहरीमाथि तत्काल कानूनी कारबाही गर्न,

२) घटनामा संलग्न प्रहरीमाथि विभागीय कारबाही गर्न,

३) पत्रकारहरूले स्वतन्त्र र सुरक्षित रूपमा पेशागत दायित्व निर्वाह गर्न पाउने वातावरण सुनिश्चित गर्न।

विज्ञप्तिमा थप भनिएको छ ।

“लोकतान्त्रिक समाजमा पत्रकारमाथि भएको यस्तो व्यवहार सह्य छैन। यदि सत्ताधारीहरूले आलोचनाबाट डराउँछन् भने त्यो लोकतन्त्रको अपमान हो।”

संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नेहरूमा अवलोकित दैनिकका सम्पादक भोला पासवान ‘प्रकाशकर’, सम्भव समाचारका सम्पादक डम्बर राई, कञ्चन २४ न्यूजका सम्पादक अनिल पोखरेल, अपूर्व न्यूजका सम्पादक राजकुमार पासवान, अग्रज पत्रकार उत्तम अर्चाय, पब्लिक प्रेस दैनिकका प्रकाशक नविन कुमार यादव, सप्तकोशी खबरका प्रकाशक कैलाश माझी, इकोशी डटकमका सम्पादक मन्नु कुमार पासवान, र कञ्चनरुप साप्ताहिकका प्रमुख संवाददाता किशोर पासवान छन्।

पत्रकार महासङ्घले सबै स्थानीय प्रशासन, राजनीतिक दल र सरोकारवालाहरूलाई पत्रकारको सुरक्षा र सम्मानका लागि जिम्मेवारीपूर्वक अघि आउन आग्रह गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार