मुख्य समाचार
कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज | रूपनगरमा न्यायाधीश र विद्यार्थीबीच कानुनी साक्षरतासम्बन्धी अन्तर्क्रिया | सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण | हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न | सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित |

बनरैत्त टोल मावि : प्रधानाध्यापक सरुवापछि ताल्चा–तनाव, राहत शिक्षक हावी

Kanchan24 320+ समाचार ( )
३ भाद्र २०८२, मङ्गलबार

कञ्चनरुप  । सप्तरीको कञ्चनरुप नगरपालिका–३ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय, बनरैत्त टोलमा प्रधानाध्यापक कृष्ण यादवको सरुवापछि विद्यालय आँगन ‘नाटकघर’ बनेको छ।

नगरपालिकाको निर्णय अनुसार यादवलाई बैरवास्थित लक्ष्मी नारायण माविमा सरुवा गरिएको थियो। तर सरुवा पत्र पाएलगत्तै उनले कार्यालयको ढोका ताल्चा लगाएर अनुपस्थित भएका थिए। यसका कारण शिक्षकहरूको व्यक्तिगत सामान—मोटरसाइकलको चाबी, झोला र कागजात—सबै कार्यालयमै थुनिएका थिए।

नयाँ सरुवा भएर आएका ध्रुवकुमार यादव र शिक्षा शाखाका अधिकृत प्रेमकान्त चौधरी विद्यालयमा हाजिर भए। तर प्रधानाध्यापकको अनुपस्थितिले परिस्थितिलाई तनावपूर्ण बनायो। नगर प्रहरीको सहयोगमा सरुवा सम्बन्धी सूचना टाँसियो र हाजिरी प्रमाणित गरी मुचुल्का उठाइयो।

स्थानीय अभिभावकहरूले भने विद्यालयमा बढ्दो राजनीतिक हस्तक्षेप र आन्तरिक विवादप्रति चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार, “विद्यालय पढाउन होइन, राजनीति खेल्न खालको दृश्य देखिएको छ।”

कानुनी दृष्टिकोण अनुसारने पालको शिक्षा ऐन, २०२८ र नियमावलीमा राहत शिक्षकलाई अस्थायी जिम्मेवारी र सरुवा दिने अधिकार शिक्षा प्रशासनसँग छ।

प्रधानाध्यापकको सरुवा वैधानिक प्रक्रिया अनुसार कानुनी रूपमा सही छ। तर कार्यालयमा ताल्चा लगाएर प्रशासनलाई अवरोध पुर्‍याउनु अवैध मानिन्छ।

विशेष कुरा के छ भने, धेरैजसो जिम्मेवारी राहत शिक्षकलाई नै दिइएको छ, जसले स्थायी शिक्षकको भूमिका र अनुभवलाई कमजोर बनाएको छ। यसले शिक्षकबीच असमानता र विवाद उत्पन्न गर्ने सम्भावना बढाएको छ।

श्री राष्ट्रिय मावि बनरैत्त टोल, जो पछिल्लो समय प्रगति गर्दै आएको थियो, अब राजनीतिक दबाब, आन्तरिक विवाद र सरुवा–प्रतिवादको चपेटामा परेको छ। स्थानीयहरूका लागि विद्यालय पढाइ मात्र होइन, शान्तिपूर्ण प्रशासन पनि ठूलो चुनौती बनेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार