मुख्य समाचार
राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै रुपनगरमा मिनी महोत्सवको रौनक | घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला |

त्रिशूलीमा खसेको बसको खोजी जारी, अवस्था अझै अज्ञात (नाम सहित )

Kanchan24 358+ समाचार ( )
२८ आषाढ २०८१, शुक्रबार

चितवन । नारायणगढ (मुग्लिन सडकको सिमलतालमा लेदो सहितको पहिरोले बगाएको दुईवटा र बसमा सवार यात्रुको खोजी थालिएको छ । 
काठमाडौँबाट रौतहटको गौरका लागि छुटेको रात्रि बस र वीरगञ्जबाट काठमाडौँको लागि छुटेको बस लेदो सहितको पहिरोले बगाएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरका प्रमुख खड्कबहादुर खत्रीले जानकारी दिए। 
उहाँका अनुसार राति करिब साढे दुई बजेको समयमा बस बगाएको बुझिएको छ । बसमा सवार तीन जना पुरूषले भने पौडी खेलेर ज्यान जोगाएका छन् । ‘पहिरोले बस बगाएको जानकारी बाहेक अरू जानकारी प्राप्त गर्न सकेका छैनौँ,’ उनले भने, ‘बस नम्बर र बसमा सवार यात्रु सङ्ख्यालगायतका जानकारी अझै अज्ञात छ ।’ 
बसमा सवार भनिएका तीन जना र बगाएको बसको पछिपछि आएको बसका चालकको भनाइकै आधारमा खोजी कार्य थालिएको उनले बताए । त्रिशूलीमा पानीको वहाव धेरै छ । धमिलो पनि छ । त्यसकारण नदीमा केही देखिएको छैन । तैपनि नेपाल प्रहरी, विपद् व्यवस्थापन केन्द्रबाट आएका सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोलीले घटना बुझ्ने प्रयास गरिरहेका छन् । 
उक्त क्षेत्रमा सडक भने एकतर्फीरूपमा खुलाइएको छ । सिमलतालमा सडक खुलाए पनि इच्छा कामना गाउँपालिकाको वडा नं।५ मा पर्ने कालिखोलामा ठूलो पहिरो खसेको हुँदा तत्काल सडक खुल्ने अवस्था नरहेको चितवन ट्राफिक प्रहरीले जनाएको छ । उक्त पहिरो हटाउन कम्तिमा पनि चार घण्टा लाग्ने अनुमान गरिएको छ ।
गाडीमा सवारहरुको प्रारम्भिक नाम यस्तो छ ।
१) बस साहुः राजेन्द्र केसी
२) चालकः नगवाका जवाहिर महतो
३। सहचालक, चौधरी थरका
यात्रुहरू २१ जना
१) अन्सारीजी
२) अरविन्द दुवे
३) सन्तोष (मकालु सैलुन)
४) सुरेन्द्र साह (फलफूल)
५) आवीन्दजी
६)हरिन्द्र पण्डित
७) सुनिल
८) शेहनबाज आलम
९) प्रकाश (पिप्रा)
१०) प्रमानन्द
११) हृदय नारायण राउतसहित ३ जना
१२) सलिम मिया र उनका पत्न्नी जैनबर खातुन (काठमाडौँमा उपचारका लागि हिँडेका)
१३) रैजुल आलम सहित २ जना बसमा मुसर्वाबाट ७ भारतीय चढेको पनि उल्लेख छ ।

 https://kanchan24.com/news/wsQOWPKs-2024-07-12 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार