मुख्य समाचार
घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही | बादलको अभिव्यक्तिले एमालेमा तरंग | मालपोत कार्यालय सप्तरीबाट लेखापढी व्यवसायी पक्राउ | सप्तरीमा प्रतिबन्धित औषधिसहित युवक पक्राउ |

धर्मगुरु श्रीनिवासाचार्य सुनसरीबाट पक्राउ, यस्तो छ कारण

Kanchan24 1+ समाचार ( )
१६ अशोज २०८०, मङ्गलबार

विराटनगर । उत्तेजक अभिव्यक्ति दिएर र हिंसा मच्चाउन खोजेको आरोपमा हिन्दू धर्मगुरु श्रीनिवासाचार्यलाई पक्राउ गरिएको छ । उनलाई सुनसरीको प्रकाशपुरबाट केन्द्रीय अनुसन्धान ब्यूरो र क्षेत्रीय अनुसन्धान ब्यूरो रिटको टोलीले पक्राउ गरेको हो ।

एकसाता अघि गौ हत्याको विषयमा हिंसात्मक अभिव्यक्ति दिएको र सोही अभिव्यक्तिलाई लिएर जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ पूर्जी जारी गरेको प्रहरीले जनाएको छ । श्रीनिवासले १ साता अघि धनुषामा भएको एक कार्यक्रममा हातमा नांगो खुकुरी बोकेर गौ हत्याको विषयमा हिंसात्मक अभिव्यक्ति दिएका थिए ।

हिन्दुको बिरोध गर्ने र गौहत्या गर्नेलाई खुकुरीले काट्न उक्साउँदै उनले त्यसको जिम्मेवारी लिने आपत्तीजनक अभिव्यक्ति दिएको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो । सोही अभिव्यक्तिलाई लिएर जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएको छ । 

श्रीनिवासको सोही अभिव्यक्तिलाई लिएर प्रहरीले सोधपुछ गर्नुपर्ने भन्दै नियन्त्रणमा लिएको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नविन कृष्ण भण्डारीले जानकारी दिए । प्रहरी स्रोतका अनुसार उनलाई आज सुनसरीमा राखेर भोलि धनुषा पठाइनेछ ।

सुनसरीको बराह नगरपालिका स्थित आश्रममा बस्दै आएका आचार्य यस अघि आफैलाई गोली हान्न लगाइ धार्मिक द्वेष फैलाउन खोजेको अभियोगमा पक्राउ परेका थिए । नेपाललाई हिन्दु राज्य कायम गर्नुपर्ने माग गर्दै विगतमा भएका आन्दोलनमा आचार्य निकै सक्रिय आएका छन् ।

केहि समय अगाडि सुनसरीको धरानमा चलेको जातीय तथा धार्मिक विवादमा श्रीनिवास जोडिएका थिए । धरानमा चर्च र मन्दिरको विवादमा उनले चर्च भत्काउने धम्की दिएका थिए ।

उनले हिन्दुमाथि अपमान भए बाबरी मस्जिदको घटना दोहोरिने चेतावनी दिएका थिए । धरानका मेयर हर्क साम्पाङ ख्रिष्टियन भएको भन्दै उनले धरानमा धर्मयुद्ध हुने चेतावनी दिएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार