मुख्य समाचार
रूपनगर चोकमा आँपको प्रतिविम्ब निर्माणको माग | ठूला दलले जनताका समान्य आवश्यकता पनि पुरा गर्न सकेन्न : उपसभापति वाग्ले | कथा : भैंसी माइलालाई रातो कार्पेट ! | लिटिल फ्लावर रूपनगरको एसईई २०८१ मा उत्कृष्ट नतिजा | सप्तरीका पालिकाहरूमा बेरुजु लगभग ६ अरब पुग्यो | कञ्चनरूपमा उपप्रमुखको अनुपस्थितिमा बजेट ६८ करोड बजेट पास | नियम र कानुनको मर्म विपरीत नगरसभा डाकिनु कानुनी शासनको उपहास : मेयरका प्रत्यासी | होटल व्यवसायीहरूको व्यवसायिक क्षमता अभिवृद्धि गर्न प्रशिक्षण | कञ्चनरूपका विद्यालयहरूले दिवा खाजा नै नखुवाई करिब ७ लाख झ्वाम | कञ्चनरूपमा भ्रमणको औचित्य पुष्टि नगरी लाखौं खर्च |

लागूऔषध
एक सय ३७ किलो ७६ ग्राम गाँजा सहित एक जना मानिस पक्राउ

Kanchan24 198+ समाचार ( )
१७ वैशाख २०८२, बुधवार

कञ्चनरूप सप्तरी प्रहरीले दुई स्थानबाट १ सय ३७  किलो ७६ ग्राम लागूऔषध गाँजा बोकेको २ वटा सबारीसाधन सहित १ जनालाई पक्राउ गरेको छ । 
लागूऔषध गाँज लोड गरी बुधबार बिहान ३ बजे तिरहुत गाउँपालिका–२ बडाहरामा दक्षिण तर्फ जाँदै गरेको प्र १–०२–००३–ह २९३४ नम्बरको अटोलाई प्रहरीले चेकजाँच गर्दा बोरामा ५८ केजी प्रतिबन्धित लागूऔषध  गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । 
बरामद गाँजा तथा अटो चालक उदयपुर बेलका नगरपालिका–३ का ४१ वर्षीय जयराम दाहाललाई इलाका प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखी आवश्यक कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैरी वैशाख १६ गते मंगलबार राति पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर–२ बरमझियाबाट इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले स.१.ह.१७१६ नम्बरको अटोमा शङ्का लागी रोक्न खोज्दा चालक अटो छाडेर फरार भएका थिए ।
अटो नियन्त्रणमा लिएर जाँच गर्दा त्यसमा ३ ओटा बोरा, १ कालो सुटकेस र १ रातो झोलाभित्र ७९.७६ केजी लागूऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी  जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।  
बरामद गरिएको अटो र गाँजा  इलाका प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ भने फरार चालकको खोजी जारी राखिएको तथा थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले जानकारी दिए ।
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार