मुख्य समाचार
कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश |

एभरेष्ट मल्टि टेक्निकल कलेजले उर्लाबारीका ८५ जनालाई ३ वटा प्राविधक कोर्षहरु निःशुल्क पढाउने

Kanchan24 1+ समाचार ( )
५ पौष २०८०, बिहीबार

उर्लाबारी । उर्लाबारीमा सञ्चालित एभरेष्ट मल्टिटेक्निकल कलेजले गैरसरकारी संस्थाहरुसँगको सहकार्यमा वृहत छात्रवृत्ती योजना ल्याएको जनाएको छ । रिडेफ नेपाल र सोसियल डेभलप्मेन्ट भोलेन्टियर्स सर्भिसलगायतका एनजिओहरुको आर्थिक सहयोगमा उर्लाबारीमा ८५ जना विद्यार्थीहरुलाई निःशुल्क रुपमा कम्युटर अपरेटर, ग्राफिक डिजाईन, अकाउन्टिङ प्याकेज र एड्भान्स अंग्रेजी भाषाका कोर्षहरु अध्यापन गराईने एभरेष्टका संचालक सुमन ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिटिईभिटी अन्तर्गतका उक्त कोर्षहरु समावेशीताका आधारमा उर्लाबारीका विद्यार्थीहरुलाई प्रदान गरिने छ । जसअन्तर्गत दलित एवम् आदिवासी, अनाथ एकल महिला एवम् द्वन्दपिडित र गरिव तथा जेहेन्दार १५ \१५ जना र अन्य २५ जना गरी जम्मा ८५ जना विद्यार्थीहरुलाई उक्त कोर्षहरु निःशुल्क प्रदान गरिने बताईएको छ ।

उक्त कोर्ष लिनका लागि उर्लाबारी नगरपालिका भित्रका विद्यार्थीहरुले एभरेष्टको कार्यालयमा सम्पर्क गरी फाराम भर्नुपर्ने र उक्त फाराम अनुसार एनजिओका प्रतिनिधीहरुले अन्तर्वार्ता लिएर योग्य विद्यार्थीहरुको नामावाली प्रकाशन गरिनेछ संचालक ढकालको भनाइ छ । 

एभरेष्टका संचालक ढकालले उक्त छात्रवृत्ती योजनाका लागी उर्लाबारी नगरपालिका र मातहतका वडा कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय एवम् क्याम्पसलगायत सामाजिक संस्थाहरुसँगको समन्वयमा विद्यार्थीहरुलाई जानकारी गराईने बताउनुभयो । संचालक ढकालका अनुसार उक्त कोर्षका कक्षाहरु आगामी माघ महिनाको पहिलो सातादेखी संचालन हुने छन् ।

रिडेफ नेपालका प्रमुख उमेश विश्वकर्माका अनुसार संस्थाको आईटी साक्षरता अभियानअन्तर्गत सिटिईभिटीका कोर्षहरु तथा एड्भान्स अंग्रेजी भाषाका कोर्षहरु निःशुल्क संचालन गरी दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम चलाईएको हो । 

हाल एभरेष्टमा कम्प्युटरमा विभिन्न तहका कक्षाहरु, भाषाका कोर्षहरु, ट्युसन कक्षाहरु, विज्ञान संकायको व्रिज कोर्ष र सिटिईभिटीअन्तर्गतका स्टनफ नर्स, एच ए, फार्मेसी, ल्याव, डेन्टल लगायतका विषयहरु अध्ययन गर्न तयारी कक्षाहरु समेत संचालन हुँदै आएको संचालक ढकालले जानकारी दिनुभयो । यस्तै उहाँले मन्टेश्वरी तालिमको कक्षाहरु समेत सुरु गरिएको जानकारी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार