मुख्य समाचार
कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? |

रूपनगरमा प्लास्टिक प्रदूषण विरुद्ध विद्यार्थीको अभियान

Kanchan24 325+ समाचार ( )
२ मंगशिर २०८१, आइतबार

कञ्चनरूप रूपनगर क्याम्पस र विद्यार्थीहरूको समूह रूपनगर युथ स्क्वाडु ले प्लास्टिक प्रदूषण विरुद्ध बृहत् र्‍याली गरी फोहर प्लास्टिक सङ्कलन गरेका छन्।
वातावरण र स्वास्थ्यलाई हानी पुर्याउने जथाभावी फालिएका प्लास्टिक फोहर नियन्त्रण गर्ने अभियान अन्तर्गत शनिबार बिहान रूपनगर चोक क्षेत्रबाट प्लास्टिक फोहर सङ्कलन गरिएको हो।
रूपनगर नन्दराज सङ्ग्रौला क्याम्पसका प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलको अगुवाइमा सञ्चालन गरिएको प्लास्टिक प्रदूषण विरुद्धको अभियानमा क्याम्पस सञ्चालक समितिका सदस्य तथा समाजसेवी सुरज पोखरेल, कञ्चनरूप नगरपालिका वडा नम्बर १२ का सदस्य जैनुद्दिन मिया, नेपाल मुस्लिम इत्तेहाद सङ्गठनका केन्द्रीय सदस्य कमरूद्दिन अली, आरडी मेमोरियल एकेडेमीका प्रिन्सिपल प्रकाश दास, क्याम्पसका शिक्षकद्वय पेशल जोशी र श्रवण चौधरी, रूपनगर क्याम्पस र आरडी एकेडेमीका विद्यार्थी, जनप्रतिनिधि, समाजसेवी, राजनीतिज्ञ, पत्रकार तथा स्थानीयहरू समेतको उत्साहजनक सहभागिता उक्त कार्यक्रममा थियो।

रूपनगर क्याम्पसका केही जागरुक विद्यार्थीहरूको समूह ‘रूपनगर युथ स्क्वाड’ को ब्यानरमा आयोजित सो अभियानमा सङ्कलित प्लास्टिक फोहरबाट ‘इको-ब्रिक’ बनाइने जानकारी ‘रूपनगर युथ स्क्वाड’ का संयोजक आफताब अलीले दिनु भएको छ। संयोजक अलीका अनुसार ‘प्लास्टिक फोहरलाई प्लाष्टिककै बोतलमा भरेर, खाँदेर बनाइने ‘इको-ब्रिक’ बाट सार्वजनिक स्थलमा बस्ने मुढा, बेञ्च, कुर्सी आदि बनाउने कार्यक्रम हो यो।’
आफताब अलीले दिएको जानकारी अनुसार ‘प्लास्टिक प्रदूषण विरुद्ध जुटौँ’ भन्ने नारा रहेको यो अभियानका लागि पूरक एशिया नामक संस्थाले समेत सहयोग गरेको छ। ‘प्लाष्टिक प्रदूषण विरुद्धको यो अभियान आज एक दिनका लागि मात्र होइन, यसलाई हामी निरन्तर जारी राख्ने छौँ,’ अली भन्छन्।
प्लास्टिक फोहर बटुलेर इको ब्रिक बनाइ सार्वजनिक विश्राम स्थल, फूलबारी सजावट जस्ता उपयोगी काममा प्रयोग गरिने यो अभियानले प्लास्टिक प्रदूषण नियन्त्रण गर्न मद्दत पुग्ने विश्वास क्याम्पस प्रमुख प्राध्यापक गजुरेलको छ।
स्वच्छ, स्वास्थ्य र हरियो भविष्यको यो अभियानमा सहभागी हुन र सहयोग गर्न चाहने वातावरण प्रेमीहरूले रूपनगर क्याम्पसमा सम्पर्क गर्न सकिने जानकारी प्राध्यापक गजुरेलले दिनु भएको छ।
समाचार स्रोत : रूपनगर क्याम्पस फिचर सेवा 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार