मुख्य समाचार
घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला | सप्तरी–१ कांग्रेसमा छ जनाको भिडन्त, सर्वसम्मतिको प्रयास पनि जारी |

सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही

Kanchan24 358+ समाचार ( )
२० चैत्र २०८२, शुक्रबार

कञ्चनरूप । जिल्ला प्रशासन कार्यालय सप्तरीले सरकारी कार्यालय परिसरमा अनधिकृत रूपमा सक्रिय ‘बिचौलिया’माथि कडाइ गर्ने निर्णय गरेको छ। सेवाग्राहीलाई सहयोग तथा सहजीकरण गर्ने बहानामा गैरकानुनी रूपमा रकम असुल्ने कार्य बढ्न थालेपछि प्रशासनले यस्तो गतिविधि पूर्ण रूपमा निषेध गरेको हो।

शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवद्वारा जारी सूचनामा कार्यालय वरिपरि तथा भित्र प्रवेश गरी सेवाग्राहीलाई प्रभावमा पार्ने, फकाउने वा सहजीकरणको नाममा रकम लिने व्यक्तिहरूलाई अबदेखि कडा निगरानीमा राखिने उल्लेख गरिएको छ।

प्रशासनले यस्ता गतिविधिमा संलग्न व्यक्ति कार्यालय परिसर वा आसपास फेला परेमा प्रचलित कानुनबमोजिम तत्काल नियन्त्रणमा लिएर कारबाही गरिने स्पष्ट चेतावनी दिएको छ।

सरकारी सेवा लिन आउने सर्वसाधारणलाई कुनै पनि कामका लागि बिचौलियाको भर नपरी सम्बन्धित शाखा तथा कर्मचारीसँग प्रत्यक्ष सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ। पछिल्लो समय सरकारी कार्यालयहरूमा सेवाग्राहीलाई झुक्याएर रकम असुल्ने गुनासो बढ्दै गएपछि सप्तरी प्रशासनले यो कदम चालेको बताइएको छ।

यो निर्णयसँगै सरकारी सेवा प्रवाहलाई थप पारदर्शी, छिटो र सेवामैत्री बनाउने प्रशासनको तयारी देखिएको छ। स्थानीयवासीले पनि प्रशासनको यो कदमलाई सकारात्मक रूपमा लिँदै बिचौलिया प्रवृत्ति अन्त्य गर्न प्रभावकारी कार्यान्वयनको माग गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार