मुख्य समाचार
बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही |

मोरङको उर्लाबारी २ डुम्रे क्षेत्रमा जङ्गली हात्तीको आतंक बढ्दो, स्थानीयवासी हैरान

Kanchan24 1+ समाचार ( )
९ पौष २०८०, सोमबार

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका क्षेत्रमा पछिल्लो समय जंगली हात्तीको आतंक बढेको छ । उर्लाबारी नगरपालिकाको १, २ र ४ लगायतका वडाहरुमा दिनहुँ जसो जङ्गली हात्तीले आतंक मच्चाउने गरेको छ ।

सोमबार पनि बिहानको समयमा उर्लाबारी २ सुविधारे झोडा माथ्लो डुम्रे  क्षेत्रमा खेम बहादुर शिवाको घरमा हात्तीले क्षति पुर्याएको छ । बिहान आएको एउटा जङ्गली हात्तीले शिवाको घरमा राखेको धान खानुका साथै घरमा क्षति पुर्याएको स्थानीयले बताएका छन् ।

यसअघि आइतबार पनि उर्लाबारीको प्रमुख पर्यटकीय स्थल बेतिनी सिमसारको छेउमा रहेको सत्र घरे टोलमा राति ११ बजे देखि जङ्गली हात्ती गाउँ पसेको थियो । हात्तीले स्थानीय फुलमाया मगरको घरमा क्षति पुर्याउनुका साथै धान खाइदिएको छ । उर्लाबारी नगरपालिकाको दमकल प्रयोग गरि हात्तीलाई जङ्गलतर्फ धपाइएको थियो । यसरी दिनहुँ जङ्गली हात्ती आएर आतंक मच्चाउन थालेपछि स्थानीयबासी त्रासमा रात काट्न बाध्य भएका छन् । उनीहरु रातभर जाग्राम बस्ने, आगो बाल्ने गर्दै हात्ती रुग्न बाध्य छन् ।

हात्ती धपाउन उर्लाबारी नगरपालिकाको दमकलको सहयोग लिने गरिए पनि तत्काल दमकल आइनपुग्दा हात्ती गाउँ छिर्ने गरेको छ । हात्ती धपाउन दमकल प्रयोगका लागि नगरपालिकाबाट स्वीकृति लिनुपर्ने झन्झट भएकाले स्थानीयलाई समस्या भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार