अध्यक्षसहित अधिकांश पदमा एकल उम्मेदवारी परे पनि वाणिज्य उपाध्यक्ष र महासचिव पदमा भने दुई–दुई जनाको उम्मेदवारी परेको थियो । अन्तिम समयमा वाणिज्य उपाध्यक्षका उम्मेदवार रामअशिष प्रसाद साह र महासचिवका उम्मेदवार भोगेन्द्र मिश्रले उम्मेदवारी फिर्ता लिएपछि निर्वाचनको बाटो बन्द भएको निर्वाचन समितिका संयोजक सतिश दत्तले जानकारी दिए।
उम्मेदवारी फिर्तासँगै संघको नयाँ नेतृत्व चयनका लागि तय गरिएको निर्वाचन प्रक्रिया नै रद्द भएको छ।
सर्वसम्मत कार्यसमितिको अध्यक्षमा लालु प्रसाद अग्रवाल, उद्योग उपाध्यक्षमा दुर्गानन्द प्रसाद साह र वाणिज्य उपाध्यक्षमा अमृत कुमार संचेती चयन भएका छन्।
महासचिवमा सुरेन्द्र प्रसाद साह, सचिवमा सुरेन्द्र बिमल, कोषाध्यक्षमा प्रमोद काबरा र सह–कोषाध्यक्षमा निर्मल कुमार मुन्धडा चयन भएका छन्।
सदस्यमा दिलिप प्रसाद गुप्ता, सन्तोष कुमार सिन्हा, संजीव कुमार चौधरी, सन्तोष कुमार चौधरी, सुमन राज सिंह र अनिल प्रसाद सिंह तथा महिला सदस्यमा अम्बिका कुमारी दहाल सर्वसम्मत भएका छन्।