मुख्य समाचार
अत्यधिक गर्मीका कारण कञ्चनरूप सबै विद्यालयमा तीन दिन बिदा बिदा | कञ्चनरूपमा सुन सफा गरिदिने बहानामा ठगी गर्ने दुई भारतीय पक्राउ | अवधेशको नयाँ अध्याय, बने प्रेस जनमत सङ्घको केन्द्रीय अध्यक्ष | लुटपाटको क्रममा गोली प्रहार हुँदा एक जनाको मृत्यु | सप्तकोशी नदीमा डुबेका प्रहरीलाई खोज्ने क्रममा भने अर्को व्यक्तिको शव फेला | शैक्षिक गुणस्तरमा उकालो लाग्दै रूपनगर क्याम्पस | सप्तरीको कञ्चनरूपमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु | अन्तरपार्टी प्रतिस्पर्धामा डा. शेखर कोइरालाको बिरोध यात्रा छलाङ्गमा :जय प्रकाश आनन्द | सप्तरी सहित मिथिलामा मनाइयो बटसाबित्री पर्व | एक सय ३७ किलो ७६ ग्राम गाँजा सहित एक जना मानिस पक्राउ |

सम्झनामा भानुभक्त

Kanchan24 1+ समाचार ( )
रचनाकार : गणेश प्रसाद दवाडी
३० आषाढ २०८०, शनिबार

शीर्षक :  ` सम्झनामा  भानुभक्त  ´
छन्द    :   झ्याउरे  

पुरुष   एक   पौरुष    गर्ने    तनहुँ   माटोमा
नेपाली सारा  पक्डेर तारा भाषाको बाटोमा
समाती भाव  सरर दौडे  कोसीको पानी झैं
भानुले खोले नेपाली मनआँखाको नानी भै ।।
                            १
नेपाली  माटो  उर्वर   भयो  भानुका  कर्मले
रामको   गाथा  भिरेर  देश  उठ्दछ   गर्वले
आदर्श फुल्यो भ्रातृत्व घुल्यो नेपाली मर्मले
एकता जुट्यो विखण्डन फुट्यो भानुका धर्मले ।।
                             २
मोतीको साथ उज्यालो ज्योति छरियो संसार
कोइली  कण्ठ रामायणले फड्किन्छे  जँघार
पहाड घन्क्यो तराई टल्क्यो प्रश्नोत्तर मालाले
रामको गीता बधुको शिक्षा गाउँछन् शालाले ।।
                           ३
मनको निब चोबेर छोपे विशृङ्खल संस्कृति
झटारो हाने व्यङ्ग्यले छाने उखेल्न विकृति
कान्तिपुरका  रसिला  ठिटी रमिता प्रकृति
मनको दृष्टि काव्यले पुष्टि रसिला यी कति ।।
                          ४
आशक्त कवि  सीताको छवि नेपाली छटामा
रामका   कृति  पुर्याए  उनी शिवत्व  सत्तामा
रणमा  थियो  घाँसीको प्रण  भानुले  चियाए
बुद्धि  र सीप विवेक साँधी  यो  देश  उध्याए ।।
                            ५
नेपाल आमा रहुञ्जेल भानु भानु झैं चम्कन्छन्
साहित्याकाश ढाकेर भानु हात्ती  झैं लम्कन्छन्
को सक्छ टिप्न  भानु प्रकाश ढाकिन्छन् सर्वत्र
बल्दिन्न  शशी नभई  भानु  भानु छन्  स्वतन्त्र ।।
                            ६
टुक्रेको देश भाषाले जोड्ने लिएर गन्तव्य
सहेर कष्ट  रामायणबाट  पस्किए मन्तव्य
आदर्श गोडी कृतित्व छोड्ने महान  तत्वज्ञ  
अमर  सदा  विभूति तिमी छौँ  हामी  कृतज्ञ ।।
                            ७
सम्भ्रान्त कान्त पाइन्न अन्त भानु झैँ धरामा
लेउ झैँ जमी आसन लिन्छन् मनका सरामा
जाँहुँदि  रहुन्  नेपाली  चुँदि नसम्झी रहन्न्न
पुजिन्छन् भानु जनले पढी व्यर्थमा बहन्नन ।।
                           ८
रचनाकार : गणेश प्रसाद दवाडी
ठेगाना     : लेटाङ न .पा .वडा नम्बर ९ (नौ)
               मोरङ
इमेल      : dawadiganesh1@gmail.com

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार