मुख्य समाचार
संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज | रूपनगरमा न्यायाधीश र विद्यार्थीबीच कानुनी साक्षरतासम्बन्धी अन्तर्क्रिया | सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण |
मुख्य समाचार
संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज | रूपनगरमा न्यायाधीश र विद्यार्थीबीच कानुनी साक्षरतासम्बन्धी अन्तर्क्रिया | सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण |


चुनाव आयो, प्रश्न उहीँ छन् ,सप्तरीलाई भाषण चाहिएको हो कि नतिजा ?

Anil Pokharel 37+ समाचार ( )
१८ माघ २०८२, शनिबार

चुनाव फेरि नजिकिँदै छ। नेताहरू फेरि सप्तरी आउनेछन् । हात जोड्नेछन्, मञ्चबाट विकासका ठूला सपना सुनाउनेछन्, र मत माग्नेछन्। तर यसपटक सप्तरीका मतदाताले एउटै प्रश्न सोध्नैपर्छ—
हामीले यतिका वर्षमा के पायौँ ?

सयौँ नेता जन्माएको जिल्ला हो सप्तरी। दर्जनौँ सांसद पठाएको इतिहास छ। तर वि।सं. २०१६ सालमै नक्सांकन भएर बसाइएको सदरमुकाम राजविराज आज पनि उहीँ अवस्थामा छ। न शहरको अनुहार फेरिएको छ, न संरचना सुध्रिएको छ। नेतृत्व फेरियो, सरकार फेरियो, तर विकास कहिल्यै प्राथमिकतामा परेन।

विकास असफलताको ठोस प्रमाण
यदि कसैले “सप्तरीमा विकास भएको छ” भन्छ भने तीन संरचना तर्फ औँला ठड्याए पुग्छ—
राजविराज बसपार्क
५५ कोठे छात्रावास
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान
मदन भण्डारी खेल ग्राम
राजविराज–कञ्चनपुर हुलाकी सडक अन्तर्गत कालिया खोला पुल

यी योजना असफल हुनु संयोग होइन। यो राजनीतिक बेवास्ता र प्रशासनिक अकर्मण्यताको परिणाम हो।

कन्या छात्रावासः २० वर्षदेखि रोकिएको सपना

भारतीय दूतावासको सहयोगमा राजविराजमा निर्माण सुरु गरिएको कन्या छात्रावासको भवन डेढ दशक बितिसक्दा पनि अझै अधुरो छ।
वि.सं. २०६४ सालमै सम्पन्न हुनुपर्ने ५५ कोठे छात्रावास अन्तिम चरणमा पुगेर रोकिएको छ। यदि यो छात्रावास सञ्चालनमा आएको भए, आज सयौँ छात्राले सुरक्षित बसोबास पाउँथे, बालिका शिक्षामा प्रत्यक्ष योगदान पुग्थ्यो। तर संरचना तयार नहुनु केवल निर्माण ढिलाइ होइन । यो बालिका शिक्षा प्रतिको राज्यको उदासीनता हो।

प्रश्न उठ्छ—
बजेट कहाँ गयो? सम्झौता कसले पालना गरेन ? २० वर्षसम्म कसले जिम्मेवारी लिएन ?

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानः शिलान्यासमै सीमित ‘स्वास्थ्य क्रान्ति’
सप्तरी र आसपासका जिल्लाका नागरिकलाई उच्चस्तरीय स्वास्थ्य सेवा दिने सपना बोकेको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान आज पनि कागजमै सीमित छ। ०७५ सालमा मन्त्रिपरिषद् बैठकले राजविराज नगरपालिका–१० बिरौलामा प्रतिष्ठान निर्माण गर्ने निर्णय गर्‍यो।
२२ असार ०७८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भव्य रूपमा शिलान्यास गरे। तर त्यसपछि न संरचना अघि बढ्यो,न सेवा सुरु भयो। शिलान्यास पछि योजना थन्कियो,र बिरामीहरू अझै उपचारका लागि धरान, विराटनगर र काठमाडौँ धाउन बाध्य छन्।

बसपार्कः उद्घाटनको राजनीति, सञ्चालनको शून्यता
वि.सं. २०४४ मा शिलान्यास,२०८२ मा उद्घाटन र हस्तान्तरण। तर उद्घाटन भएको वर्षौँ बितिसक्दा पनि राजविराज बसपार्क आजसम्म सञ्चालनमा छैन।
बसहरू सडकमै रोकिन्छन्, चोक–चोकमा जोखिम बढेको छ,दुर्घटना टारिँदै छ । तर समाधान शून्य छ।

चुनावी बहसमा यो प्रश्न उठ्नैपर्छ—
उद्घाटन गरेर फोटो खिच्नु विकास हो? कि संरचना जनताले प्रयोग गर्न पाउनु विकास हो ? 

खेल ग्रामः युवामाथि गरिएको खुला धोका
साढे ८४ करोड रुपैयाँ लागतको मदन भण्डारी खेल ग्राम आज पनि कागजमै सीमित छ।“वन क्षेत्रमा पर्‍यो” भन्ने बहाना दिइन्छ। तर गुरुयोजना बनाउँदा वन देखिएन ?कि देखेर पनि आँखा चिम्लियो ? यसको मूल्य कसले चुकायो सप्तरीका युवाले।

पुलः ठेक्का चल्यो, पुल चलेन
कालिया खोला पुलको ८१ प्रतिशत काम सकियो, २ करोडभन्दा बढी भुक्तानी भयो, तर पुल अझै अधुरो छ। ठेकेदार सम्पर्कविहीन ,शासन मौन छ। यदि यो भ्रष्टाचार होइन भने,के हो? 

चुनावी बहसको केन्द्र के हुने ?
अब बहस जात, नारा र भावनामा सीमित हुनु हुँदैन।
केन्द्रीय प्रश्न यी हुनुपर्छ ।
तपाईं सांसद हुँदा यी योजनाबारे संसदमा कति पटक बोल्नुभयो ?
बजेट आयो, तर कार्यान्वयन किन भएन ?
ठेकेदार भाग्दा किन चुप बस्नुभयो ?
सप्तरी तपाईंको प्राथमिकतामा किन परेन ?

मतदातालाई अपिल
यो चुनाव नेताको भाषणमा होइन, उनिहरुको ट्र्याक रेकर्डमा मत हाल्ने चुनाव हो।

जो प्रश्नबाट भाग्छ—
उनिहरू उत्तर दिन लायक छैन। जो जवाफ दिन्छ— उसलाई मात्र अर्को अवसर दिनुपर्छ।

अन्तिम कुरा सप्तरीलाई अब सहानुभूति चाहिएको छैन,नतिजा चाहिएको छ। यदि यो चुनावपछि पनि बसपार्क बन्द नै रह्यो, खेल ग्राम कागजमै सीमित रह्यो,
पुल अधुरै रह्यो , रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानः शिलान्यासमै सीमित,कन्या छात्रावास खण्डहर भयो ,त्यसको दोष फेरि नेताको मात्र होइन,
हाम्रो मौनताको पनि हुनेछ। अब निर्णय मतदाताको हातमा छ।

 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार