मुख्य समाचार
रूपनगरमा न्यायाधीश र विद्यार्थीबीच कानुनी साक्षरतासम्बन्धी अन्तर्क्रिया | सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण | हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न | सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना |

पुत्काले चिल्दैन, कपाल काटी दिन्छ
पुत्का मौरिको संरक्षण र प्रवर्धन थाल्दै लेटाङ नगरपालिका (भिडियोसहित)

Kanchan24 1+ समाचार ( )
एउटा गोलाबाट एक सिजनमा २५० ग्राम मह उत्पादन गर्ने बताइन्छ । पुत्का मौरिको मह अन्य मौरिको भन्दा पातलो र केही अमिलो हुन्छ । जुन मह अन्य मौरिको मह भन्दा २० गुण बढी महंगो हुने बताइएको छ ।
२१ माघ २०८०, आइतबार

लेटाङ । पुत्का मौरिको मह निकै औषधिय गुणले भरिपूर्ण रहेको बताइन्छ । थोरै उत्पादन भएपनि पुत्का मह औषधिय गुणका कारण निकै महंगो मूल्यमा विक्रि हुने गर्दछ । यसै सन्दर्भमा लेटाङ नगरपालिकाले पुत्का मौरिको संरक्षण र विकास गर्ने तयारी थालेको छ ।

पुत्का मौरिको संरक्षण र विकास गर्ने उद्देश्यले लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्र लावतीले लेटाङ ७ चाम्लिङ टोलमा पुगेर पुत्का मौरि पालन गर्दै आएका स्थानीयवासीसँग जानकारी लिनु भएको छ । उनीहरुले व्यवसायीक रुपमा भन्दा पनि घरायसी प्रयोजनका लागि औषधिको रुपमा प्रयोग गर्न पुत्का पाल्दै आएको बताएका छन् । जंगलका रुखहरुमा बस्ने पुत्का ल्याएर घार बनाएर पाल्दै आएको स्थानीय  खिन बहादुर राई  बताउनुहुन्छ ।

जण्डिस, पथ्थरिया र आँखाको घाउमा औषधिको रुपमा प्रयोग गर्दै आएको स्थानीयको भनाइ छ । कसैले भने प्रतिकेजी ७ हजार रुपैयाँमा विक्रि समेत गर्ने गरेको बताइएको छ । उनीहरुले नगरपालिकाले केहि सहयोग गरे आफुहरु व्यवसायीक रुपमा पुत्का मौरि पालन गर्न तयार रहेको बताएका छन् ।

यता नगर प्रमुख लावतीले लेटाङ ७ चाम्लिङ टोलमा पुत्का मौरिको व्यवसायीक पालनको संभावना देखेर नै अनुगमनमा आएको भन्दै नगरपालिकाले आवश्यक कदम चाल्ने बताउनुभयो । 

के हो पुत्का मौरि ? 

पुत्का मौरिलाई अंग्रेजीमा स्टिङलेस बी भनिन्छ । जसको वैज्ञानिक नाम मेलिपोना स्पेसिस हो । अन्य जातका मौरि भन्दा निकै सानो आकारको यो मौरि समुन्द्र सतहदेखि एक हजार मिटरको उचाइमा पाइने मौरि विकास केन्द्र ललितपुरले जनाएको छ ।

यसले मह संकलन गर्न घारमा कुटबाट कप आकारको भाँडो बनाउने गर्दछ र एउटा गोलाबाट एक सिजनमा २५० ग्राम मह उत्पादन गर्ने बताइन्छ । पुत्का मौरिको मह अन्य मौरिको भन्दा पातलो र केही अमिलो हुन्छ । जुन मह अन्य मौरिको मह भन्दा २० गुण बढी महंगो हुने बताइएको छ । पुत्काको मह, क्यान्सर, आँखा, घाउ, दम खोकी आदिमा अचुक औषधि हुने विश्वास गरिन्छ ।  

पुत्काले चिल्दैन, कपाल काटी दिन्छ 

पुत्का मौरिको खिल नुहने भएकाले यसले चिल्दैन । तर आफ्नो सुरक्षाका लागि मुखले टोकेर रौंहरु काटिदिने गर्दछन् । आफ्नो बङ्गाराबाट एक प्रकारको पिरो पोल्ने रस फर्मिक एसिड निकाल्दछ र यसले आफ्नो सत्रुहरुलाई आक्रमण गर्ने गर्दछ ।

यीनीहरु वनजंगलका पुरानो धोद्रो रुखका मुढाहरु, पुरानो घरको भित्ता र जमिन मुनि समेत गोला बनाइ बस्ने गर्दछन् । पुत्का मौरि नेपाल लगायत भारत, मलेसिया, थाइल्याण्ड लगायातका देशमा व्यवसायिक रुपमा पालन गर्न थालिएको 

छ । 

भिडियो हेर्न https://fb.watch/p-umhfbJJ7/   मा क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार