मुख्य समाचार
बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही |

पत्रकारका प्रश्नमा डीएसपी रायमाझीः अपराध नियन्त्रणमा सम्झौता हुँदैन

Kanchan24 326+ समाचार ( )
२६ माघ २०८२, आइतबार

कञ्चनरुप  । सप्तरीको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० राजन रायमाझीले कञ्चनरुप क्षेत्रको शान्ति सुरक्षा, बढ्दो अपराध र प्रहरीको भूमिकाबारे पत्रकारहरूको प्रश्नको जवाफ दिँदै कडाइका साथ अपराध नियन्त्रण गरिने स्पष्ट पारेका छन्।

इलाका प्रहरी कार्यालय कञ्चनपुरमा आयोजित परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा पत्रकारहरूले होटल तथा लजहरूमा हुने अनैतिक गतिविधि, लागूऔषध प्रयोग तथा तस्करी, सडक दुर्घटनामा वृद्धि, प्राकृतिक स्रोत–साधन दोहन, बन पैदावरको चोरी–निकासी र अपराधीमाथि ढिलासुस्ती हुने गरेको गुनासो उठाएका थिए।

पत्रकारहरूको प्रश्नको जवाफ दिँदै डीएसपी रायमाझीले होटल तथा लजहरूमा अनैतिक गतिविधिको सूचना प्राप्त भएमा तत्काल छापा मारेर कडा कारबाही गरिने बताए। लागूऔषध नियन्त्रणका लागि प्रहरी सक्रिय रूपमा परिचालन गरिएको उल्लेख गर्दै उनले सीमावर्ती क्षेत्रलाई विशेष निगरानीमा राखिने जानकारी दिए।

सडक सुरक्षाको विषयमा पत्रकारहरूले उठाएको चिन्तामा प्रतिक्रिया दिँदै उनले ट्राफिक व्यवस्थापन, सचेतना र कारबाहीलाई एकसाथ अघि बढाइने बताए। प्राकृतिक स्रोत–साधनको अवैध दोहन र बन पैदावरको चोरी–निकासी रोक्न सम्बन्धित निकाय र स्थानीय तहसँग समन्वय गरी नियन्त्रण गरिने उनले स्पष्ट पारे।

“शान्ति सुरक्षा र अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन,” डीएसपी रायमाझीले भने, “जबरजस्ती करणी, महिला तथा बालिकामाथि हुने हिंसा, ज्यान मार्ने जस्ता गम्भीर फौजदारी अपराधमा शून्य सहनशीलताको नीति अपनाइन्छ।”

पत्रकार सुरक्षा र स्वतन्त्रताबारे उठाइएको प्रश्नमा उनले पत्रकारहरूको सम्मान, सुरक्षामा कुनै कमी हुन नदिने र सार्वजनिक चासोका विषयमा सूचना आदान–प्रदानलाई सहज बनाइने प्रतिबद्धता व्यक्त गरे। उनले निर्धक्क भएर समाचार सम्प्रेषण गर्न सक्ने वातावरण बनाइनेसमेत बताए।

अन्तरक्रिया कार्यक्रममा पत्रकारहरू अनिल पोखरेल, उत्तम राई, डम्मर राई, राजकुमार पासवान, बृजमान तामाङ, किशोर पासवान, अनिश शेख, मन्नु, , कैलाश माझी, राजकुमार साह लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार