मुख्य समाचार
कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? |

कञ्चनरूपमा ११ करोड ४६ लाख ६ हजार बेरुजु थपियो

Anil Pokharel 37+ समाचार ( )
२४ जेठ २०८१, बिहीबार

कञ्चनरूप । महालेखा परीक्षकको कार्यालयको २०७९/८० अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार सप्तरीको कञ्चनरूप नगरपालिकामा रु. ११ करोड ४६ लाख ६ हजार बेरुजु थपिएको देखाएको छ । 
२०८० असार ३१ गते सम्मको लेखापरीक्षणबाट कञ्चनरूप नगरपालिकमा रू. १६ करोड ४६ लाख २७ हजार बेरुजु देखिएको छ । सो सम्बन्धमा रु. ६ करोड १७ लाख ५३ हजारको प्रतिक्रिया प्राप्त भएकोमा सो उपर कार्यवाही भई बाँकी बेरुजु असुल गर्नुपर्ने रू. २६ लाख ६५ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू.१० करोड ५० लाख ४६ हजार, नियमित गर्नुपर्ने रु. ५४ लाख, सोधभर्ना नलिएको रु. ४ लाख ३२ हजार र पेश्की बाँकी रु. १० लाख ६३ हजार समेत गरी यस वर्ष रु. ११ करोड ४६ लाख ६ हजार बेरुजु कायम रहेको छ । कञ्चनरूप नगरपालिकाको गतवर्ष सम्म रु. ४८ करोड ६५ लाख ५८ हजार बेरुजु बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजु रु. ६० करोड ११ लाख ६४ हजार रहेको छ  ।
बेरुजु २०८० असार ३१ गतेसम्म पालिकाले विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गर्ने उपभोक्ता समिति, फर्म, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ मा बेरुजु फर्छ्यौट गर्ने व्यवस्था छ । सोही ऐनको दफा ८४ (२) (घ) बमोजिम बेरुजु फर्छ्यौट गर्ने गराउने कर्तव्य प्रमुख प्रशासकीय अधिकृतको हुने व्यवस्था भए पनि कुनै पनि प्रमुख प्रशासकीय अधिकृतले बेरुजु असुलतर्फ तदारुकता नदेखाएको महालेखाको प्रतिवेदनले पुष्टि गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार