मुख्य समाचार
अत्यधिक गर्मीका कारण कञ्चनरूप सबै विद्यालयमा तीन दिन बिदा बिदा | कञ्चनरूपमा सुन सफा गरिदिने बहानामा ठगी गर्ने दुई भारतीय पक्राउ | अवधेशको नयाँ अध्याय, बने प्रेस जनमत सङ्घको केन्द्रीय अध्यक्ष | लुटपाटको क्रममा गोली प्रहार हुँदा एक जनाको मृत्यु | सप्तकोशी नदीमा डुबेका प्रहरीलाई खोज्ने क्रममा भने अर्को व्यक्तिको शव फेला | शैक्षिक गुणस्तरमा उकालो लाग्दै रूपनगर क्याम्पस | सप्तरीको कञ्चनरूपमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु | अन्तरपार्टी प्रतिस्पर्धामा डा. शेखर कोइरालाको बिरोध यात्रा छलाङ्गमा :जय प्रकाश आनन्द | सप्तरी सहित मिथिलामा मनाइयो बटसाबित्री पर्व | एक सय ३७ किलो ७६ ग्राम गाँजा सहित एक जना मानिस पक्राउ |

महादेवा चिम्टीका अग्निपीडित परिवारहरू बिजोग, भुजा खाएर रात विताउनु पर्ने बाध्यता

Kanchan24 184+ समाचार ( )
१९ वैशाख २०८१, बुधवार

राजविराज । सप्तरीको महादेवा गाउँपालिका १ स्थित चिम्टीका ६५ अग्निपीडित परिवारहरू बिजोग भएको छ ।

मंगलबार दिउँसो आगो लागेर यहाँका ६२ परिवारको एक सय २० घरगोठ जलेर नष्ट भएको अहिलेसम्मको तथ्यांक छ । 

मंगलबार  अपरान्ह लागेको आगोले ६५ परिवारका १ सय १४ घर खरानी भएपछि अहिले उनीहरु खुल्ला आकासमुनी बस्न बाध्य भएका हुन् । रातभरि आगो निभाउनै व्यस्त रहेका चिम्टी बासीले नसुतेरै रात बिताए । आगलागी भएको राती भुजा खाएर बसेका अग्निपीडितहरू चर्को घाममा बस्न बाध्य छन् । घाम सहन सक्ने अवस्था नरहेकोले रुखको छहारीमा पीडितहरू बसिरहेका छन् । 

बुधबार बिहान राहत स्वरुप आएको चिउरा भुजा फाँकेर बस्नु परेको पीडित मध्यका दुर्गा प्रसाद यादवले बताए । 

” आगोले सबै सखाप तुल्याएको छ” उनले भने ” केही उपाय नचलेपछि पल्लो टोलबाट त्रिपाल मागेर जाहान बालबच्चालाई राखेका छौँ ।”

यस्तै पीडा अग्निपीडित ७५ बर्षिया दुखनी देवी यादवको पनि छ,  बस्ने, खाने, सुत्ने केही उपाय नरहेपछि खेतमा त्रिपाल टाँगेर बस्न बाध्य भएकी उनले भने “६ जना छोरी, एउटा छोरा र नातिनातिनालाई कसरी सुरक्षित राख्ने भन्ने चुनौती आएको छ ।”

आगो लागेर दुई दिन बित्न लाग्दा समेत दुईचार केजी चिउरा मुरही बाहेक केही नपाएको उनको भनाइ छ । 

” भएको श्रीसम्पत्ति अन्नपात स्वाहा भयो” उनले भनिन, ” यसैगरी कतिदिन टर्ला ?” 

वडा अध्यक्ष जयकिशोर दासले पहिलो चरणमा राहत स्वरुप मंगलबार बेलुका नै चाउचाउ, मुरही, चिउरा, पानी अग्निपीडितहरूलाई वितरण गरिएको जानकारी दिएका छन । 

यता छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले महादेवा गाउँपालिकाको चिम्टीका अग्निपीडितलाई एक दिनको तलब, भत्ता उपलब्ध गराउने भएका छन ।

गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले आगलागीको घट्नाले आफूहरू स्तब्ध भएको जानकारी गराउँदै एक दिनको तलब भत्ता उपलब्ध गराउने जानकारी गराउन भएको छ ।

यसै गरी चिम्टीका अग्निपीडितलाई सप्तरी युथ नेपाल र नूर वेलफेयर सोसाइटी सप्तरीले संयुक्त रुपमा दैनिक भोजन सेवा कार्यक्रम सञ्चालन गरिएको छ । अग्निपीडितलाई बिहान बेलुका निःशुल्क खाना खुवाइने सप्तरी युथ नेपालका उपाध्यक्ष मोहनकुमार यादवले जानकारी दिए ।

उनका अनुसार बेलुका लागि १ क्विन्टल चामल, २५ किलो दाल, तरकारी सहितका खाना तयार भइरहेको छ । उक्त कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियन मविव क्याम्पस राजविराज, मिसन कलेज र पदमा एण्ड टुरिजम बथनाहाको पनि सहकार्य रहेको जनाइएको छ ।

मंगलबार दिउँसो शत्रुधन यादवको घरबाट अचानक सल्केको आगो फैलिएर यादव, सदा र मुस्लिम समुदायको बसोबास रहेको उक्त बस्तीका ६५ परिवारका १ सय १४ वटा घर जलेर बस्ती नै सखाप भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार