मुख्य समाचार
राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै रुपनगरमा मिनी महोत्सवको रौनक | घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला |

महादेवा चिम्टीका अग्निपीडित परिवारहरू बिजोग, भुजा खाएर रात विताउनु पर्ने बाध्यता

Kanchan24 358+ समाचार ( )
१९ वैशाख २०८१, बुधवार

राजविराज । सप्तरीको महादेवा गाउँपालिका १ स्थित चिम्टीका ६५ अग्निपीडित परिवारहरू बिजोग भएको छ ।

मंगलबार दिउँसो आगो लागेर यहाँका ६२ परिवारको एक सय २० घरगोठ जलेर नष्ट भएको अहिलेसम्मको तथ्यांक छ । 

मंगलबार  अपरान्ह लागेको आगोले ६५ परिवारका १ सय १४ घर खरानी भएपछि अहिले उनीहरु खुल्ला आकासमुनी बस्न बाध्य भएका हुन् । रातभरि आगो निभाउनै व्यस्त रहेका चिम्टी बासीले नसुतेरै रात बिताए । आगलागी भएको राती भुजा खाएर बसेका अग्निपीडितहरू चर्को घाममा बस्न बाध्य छन् । घाम सहन सक्ने अवस्था नरहेकोले रुखको छहारीमा पीडितहरू बसिरहेका छन् । 

बुधबार बिहान राहत स्वरुप आएको चिउरा भुजा फाँकेर बस्नु परेको पीडित मध्यका दुर्गा प्रसाद यादवले बताए । 

” आगोले सबै सखाप तुल्याएको छ” उनले भने ” केही उपाय नचलेपछि पल्लो टोलबाट त्रिपाल मागेर जाहान बालबच्चालाई राखेका छौँ ।”

यस्तै पीडा अग्निपीडित ७५ बर्षिया दुखनी देवी यादवको पनि छ,  बस्ने, खाने, सुत्ने केही उपाय नरहेपछि खेतमा त्रिपाल टाँगेर बस्न बाध्य भएकी उनले भने “६ जना छोरी, एउटा छोरा र नातिनातिनालाई कसरी सुरक्षित राख्ने भन्ने चुनौती आएको छ ।”

आगो लागेर दुई दिन बित्न लाग्दा समेत दुईचार केजी चिउरा मुरही बाहेक केही नपाएको उनको भनाइ छ । 

” भएको श्रीसम्पत्ति अन्नपात स्वाहा भयो” उनले भनिन, ” यसैगरी कतिदिन टर्ला ?” 

वडा अध्यक्ष जयकिशोर दासले पहिलो चरणमा राहत स्वरुप मंगलबार बेलुका नै चाउचाउ, मुरही, चिउरा, पानी अग्निपीडितहरूलाई वितरण गरिएको जानकारी दिएका छन । 

यता छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले महादेवा गाउँपालिकाको चिम्टीका अग्निपीडितलाई एक दिनको तलब, भत्ता उपलब्ध गराउने भएका छन ।

गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले आगलागीको घट्नाले आफूहरू स्तब्ध भएको जानकारी गराउँदै एक दिनको तलब भत्ता उपलब्ध गराउने जानकारी गराउन भएको छ ।

यसै गरी चिम्टीका अग्निपीडितलाई सप्तरी युथ नेपाल र नूर वेलफेयर सोसाइटी सप्तरीले संयुक्त रुपमा दैनिक भोजन सेवा कार्यक्रम सञ्चालन गरिएको छ । अग्निपीडितलाई बिहान बेलुका निःशुल्क खाना खुवाइने सप्तरी युथ नेपालका उपाध्यक्ष मोहनकुमार यादवले जानकारी दिए ।

उनका अनुसार बेलुका लागि १ क्विन्टल चामल, २५ किलो दाल, तरकारी सहितका खाना तयार भइरहेको छ । उक्त कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियन मविव क्याम्पस राजविराज, मिसन कलेज र पदमा एण्ड टुरिजम बथनाहाको पनि सहकार्य रहेको जनाइएको छ ।

मंगलबार दिउँसो शत्रुधन यादवको घरबाट अचानक सल्केको आगो फैलिएर यादव, सदा र मुस्लिम समुदायको बसोबास रहेको उक्त बस्तीका ६५ परिवारका १ सय १४ वटा घर जलेर बस्ती नै सखाप भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार