मुख्य समाचार
कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? |

सप्तरीको चिम्टीमा भीषण आगलागी हुँदा २ सय भन्दा बढी घर जलेर नष्ट

Kanchan24 325+ समाचार ( )
१८ वैशाख २०८१, मङ्गलबार

राजविराज । सप्तरीको महादेवा गाउँपालिका १ स्थित चिम्टीमा मंगलबार भीषण आगलागी हुँदा २ सयभन्दा बढी घर जलेर नष्ट भएका छन । 

दिउँसो २ बजेदेखि सुरु भएको आगलागीमा १ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । 
तीब्र गतिको हुरीमा आगलागी भएको हुँदा ठूलो क्षति भएको  जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । स्थानीय शत्रुधन यादवको घरबाट शुरु भएको आगलागीले गाउँ नै स्वाहा भएको  स्थानीयले जनाएका छन ।  दलित र मुस्लिम समुदायको घना बसोबास रहेको बस्तीमा एक्कासि आगलागी हुँदा २ सय जति घर जलेर नष्ट भएको स्थानीयले जानकारी दिएका छन् । 
राजविराज, शम्भुनाथ, हनुमाननगर कंकालिनी नगरपालिकाबाट आएको बारुण यन्त्रको सहयोगमा प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको वडा अध्यक्ष जयकिशोर दासले जानकारी दिए । उनका अनुसार साँझ ६ बजेसम्म पनि आगो पूर्ण  नियन्त्रणमा आएको छैन ।
आगलागीको क्षति बारे विवरण संकलन भइरहेकोले कतिसम्म क्षति भएको भन्ने सम्बन्धमा अझै यकिन नभएको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार