मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

सूर्यनाथ यादव का प्रतिबद्धता सार्वजनिक, विकास र सुशासनमा जोड

Ambika Dahal 19+ समाचार ( )
१६ फाल्गुन २०८२, शनिबार

राजविराज । क्षेत्र नम्बर २ का नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उमेदवार सूर्यनाथ यादव (सुभाष)ले निर्वाचन क्षेत्र नम्बर २ का लागि आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्।

शनिबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उनले समृद्ध, समावेशी र दिगो विकासलाई मुख्य एजेन्डा बनाउँदै विभिन्न क्षेत्रगत योजना अघि सारे। उनले स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी, पूर्वाधार र सामाजिक सद्भावलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

यादवले स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित स्वास्थ्य संस्थाको पूर्वाधार निर्माण र सेवा सुधारमा जोड दिने बताए। औद्योगिक क्षेत्रलाई व्यवस्थित र सञ्चालनमुखी बनाउँदै स्थानीय युवाका लागि रोजगारी सिर्जना गरिने उनको भनाइ छ।

शिक्षा क्षेत्रमा सामुदायिक तथा निजी विद्यालयको गुणस्तर अभिवृद्धि, आवश्यक स्थानमा नयाँ विद्यालय स्थापना तथा सीपमूलक तालिममार्फत युवालाई रोजगारीसँग जोड्ने योजना उनले प्रस्तुत गरे।

कृषि क्षेत्रको आधुनिकीकरण, मल–बीउको सहज आपूर्ति, कृषि विद्युतीकरण सुधार र बहुउद्देश्यीय कृषि व्यवसाय प्रवर्द्धनलाई आर्थिक समृद्धिको आधारका रूपमा अघि बढाइने उनले उल्लेख गरे।

त्यसैगरी महिला, बालबालिका, अशक्त तथा अपाङ्गता भएका व्यक्तिका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, सामाजिक–सांस्कृतिक सद्भाव सुदृढ गर्ने र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाइने प्रतिबद्धता उनले जनाए।

ग्रामीण सडक, पुल, यातायात सञ्जाल विस्तार र खानेपानी व्यवस्थापनलाई समेत प्राथमिकतामा राखिएको जानकारी दिँदै उनले विकास, सुशासन र जनउत्तरदायी नेतृत्वका लागि आफूलाई समर्थन गर्न मतदातासँग आग्रह गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै