मुख्य समाचार
घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला | सप्तरी–१ कांग्रेसमा छ जनाको भिडन्त, सर्वसम्मतिको प्रयास पनि जारी |

पाथीभरामा केबलकार निर्माणको विरोधमा दमकमा बन्दकर्ता र प्रहरीबीच झडप

Kanchan24 358+ समाचार ( )
२० माघ २०८१, आइतबार

कञ्चनरूप । पाथीभरामा केबलकार निर्माणको विरोधको क्रममा नराख्ने पक्षधर र प्रहरीबीच झापाको दमकमा झडप भएको छ । अरुण पूर्वका नौ जिल्ला बन्दको घोषणा गरी सडकमा ओर्लिएका बन्दकर्ता र प्रहरी बीच झडप भएको हो । झडपका क्रममा दोहोरो ढुंगा हानाहान भएको छ ।

प्रहरीले बन्दकर्तालाई लछारपछार गरी नियन्त्रणमा लिएको छ । केहीलाई कुटपिट समेत गरेको छ । स्थिति नियन्त्रणमा लिन तीन सेल अश्रुग्यास प्रहार गरेको प्रहरीले दमकबाट सातजना बन्दकर्तालाई पक्राउ गरेको छ ।

प्रहरीले पदम बेघा, धनकुमार योङहाङ, शुक्रवीर लिम्बु , आदित्य फियाक , प्रकाश लावुङ, सन्देश लिम्बु र नाम्साङ लिम्बुलाई पक्राउ गरेको छ । उनीहरू संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कार्यकर्ता भएको जनाइएको छ ।

दिउँसो दमक नगरपालिका ६ को गणतन्त्रचोकमा संलोरा मञ्चका अध्यक्ष कुमार लिङ्देनको नेतृत्वमा बन्दकर्ता सडकमा ओर्लिएका थिए । सडक बसेर बन्दकर्ताले टायर बालेपछि प्रहरीले बल प्रयोग गरेको हो । बन्दकर्ताले प्रहरीमाथि ढुंगा बर्साएपछि प्रहरीले पनि बन्दकर्तामाथि धरपकड सुरू गरेको थियो ।

ढुंगा प्रहारबाट मे १ च ५१६१ नम्बरको स्कोरपियोसहित केही सवारी साधनमा क्षति पुगेको छ । यातायात अवरुद्ध पारेपछि अश्रुग्यास प्रहार गर्नु परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दमकको आकाशे पुलमा भेला भएर बन्दकर्ताले यातायात अबरुद्ध गरेपछि बैकल्पिक मार्गबाट मात्रै सवारी साधन सञ्चालन भइरहेको जनाइएको छ ।अहिले पनि पूर्वपश्चिम राजमार्गमा भयको अवस्था छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार