मुख्य समाचार
कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? |

लेटाङमा एलपी भानु शर्माबाट जीवन विज्ञान सम्बन्धि प्रवचन सम्पन्न

Kanchan24 1+ समाचार ( )
१२ माघ २०८०, शुक्रबार

लेटाङ । लेटाङमा जीवन विज्ञान सम्बन्धि प्रवचन कार्यक्रम सम्पन्न भएको छ । श्री शान्ति भगवती माविको प्रांगणमा जीवन विज्ञानका दर्शनदाता एलपी भानु शार्माबाट प्रवचन कार्यक्रम सम्पन्न भएको हो ।

जीवन विज्ञान लेटाङको आयोजनामा भएको प्रवचन कार्यक्रममा दर्शनदाता एलपी भानु शर्माले जीवन विज्ञान के हो र यसले मानिसको जीवनमा कस्तो सुधार ल्याउँछ भन्ने विषयमा प्रवचन दिनुभयो । 

उहाँले करिव १ घण्टा लामो प्रवचनका क्रममा जीवन विज्ञानमा सबै क्षेत्र, सबैधर्म, जात र समुदायका मानिसहरु जोडिन सक्ने भन्दै जीवन विज्ञानले मानिसका ७ वटा पक्षलाई स्वस्थ्य राख्ने ज्ञान सिकाउने बताउनुभयो ।

मानिसहरुले भौतिक स्वास्थ्यको मात्र ख्याल गर्ने गरेको भन्दै उहाँले भौतिक स्वास्थ्य सँगसँगै अन्य ६ वटा पक्षको स्वास्थ्यमा ख्याल गर्न सके मात्र मानिसले जीवनमा सुख र आनन्द प्राप्त गर्न सक्ने उल्लेख गर्नुभयो ।  

कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र कुमार लावती, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, सुनसरीका प्रहरी प्रमुख विपीन रेग्मी, सशस्त्र प्रहरी बलका लकेस कुमार तुम्वाहाम्फे, प्रहरी अनुशसन्धान उपरीक्षक तिलक शर्मा प्रसाईं, लेटाङ ४ का वडाध्यक्ष राम कुमार श्रेष्ठ, जीवन विज्ञान कोशी प्रदेश संयोजक केदारमान कार्की, लेटाङका प्रहरी निरीक्षक भीम ओली, व्यवसायी भोलेश्वर दुलाल, उमेश सुवेदी, नगेन्द्र दाहाल, लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो । 

प्रवचन कार्यक्रममा लेटाङका विभिन्न विद्यालयका विद्यार्थीहरु, शिक्षकहरु, व्यपारीहरु, समाजिक क्षेत्रका अगुवाहरु, जीवन विज्ञानका अभियन्ताहरु लगायत सयौंले सहभागिता जनाएका थिए ।

कार्यक्रममा बोल्दै लेटाङ नगर प्रमुख भूपेन्द्र कुमार लावतीले लेटाङमा जीवन विज्ञानको अभियान सुरु गरिएकोमा खुशी व्यक्ति गर्दै भौतिक सँगसँगै मानशिक स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण रहेकाले जीवन विज्ञान त्यसका लागि उपयुक्त माध्यम भएको बताउनुभयो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले समाजमा सुख, शान्ती र सुव्यवस्था कायम राख्न मानशिक शान्ति आवश्यक रहेको भन्दै त्यसका लागि जीवन विज्ञानले मद्दत गर्ने उल्लेख गर्नुभयो । 

यस्तै लेटाङ ४ का वडाध्यक्ष राम कुमार श्रेष्ठले जीवन विज्ञानले सामाजिक समस्या न्यूनिकरणमा समेत भूमिका खेल्ने भएकाले हरके ठाउँमा जीवन विज्ञानको अभियान अघि बढाउन जरुरी रहेको बताउनुभयो ।  

योग, ध्यान र ज्ञानद्वारा सामाजिक विकृतिहरु नियन्त्रण गर्न तथा स्वास्थ्य जीवन जीउन सहयोग पुग्ने भएकाले लेटाङमा पनि जीवन  विज्ञानको कार्यक्रम सुरु गरिएको जीवन विज्ञान लेटाङका अध्यक्ष ओमप्रकाश श्रेष्ठले बताउनुभयो ।  

भिडियो समाचारका लागि यो लिंक  क्लिक गर्नुहोला ।  https://fb.watch/pPBXfThC_O/  

प्रवचनसहित कार्यक्रमको पुरा भिडियोका लागि  https://youtu.be/2QfP-CpDelQ?si=p-Z7J4W1hvduxKUK   मा क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार