मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

नमुना युवा नगरसभाको अभ्यास गर्दै सुन्दरहरैंचाका युवाहरु

Kanchan24 1+ समाचार ( )
३० जेठ २०८०, मङ्गलबार

सुन्दरहरैचा । युवा पुस्तालाई संविधान, नियम कानून तथा संसदीय अभ्यास सिकाउने उद्देश्यका साथ मोरङको सुन्दरहरैंचा नगरपालिकामा मंगलबारदेखि नमुना युवा नगरसभा सुरु भएको छ । जिल्ला युवा समिति मोरङ र सुन्दरहरैँचा नगरपालिकाको संयुक्त आयोजनामा चार दिने नमुना युवा नगरसभा सुरु भएको छ । स्थानीय त्रिवेणी रिर्सोटमा सुरु भएको कार्यक्रमको कोशी प्रदेशसभाका उपसभामुख सृजना दनुवारले   उद्घाटन गर्नुभयो । सहभागीहरुलाई चार दिनसम्म नगरसभाबाट कानुन निमार्ण, नगरसभाको संसदीय अभ्यास र यसका प्रकृयाहरु, स्थानिय तहमा बजेट निर्माणका प्रकृयाहरु र स्थानिय सरकारमा युवाहरुको अर्थपूर्ण सहभागीताका बारेमा प्रशिक्षण हुने प्रशिक्षक सरोज ढकालले जानकारी दिनुभयो ।   

नमुना युवा नगर सभा जिल्ला युवा समितिको समन्वयमा गत वर्षदेखि सुन्दरहरैंचामा आयोजना गर्न थालिएको कार्यक्रमले युवालाई देशको संविधान नियम कानून, संसदीय व्यवस्था र अनुशासन सिकाइ भविष्यमा देशको नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्नका लागि प्रेरित गर्ने अपेक्षा लिइएको जिल्ला युवा समिति मोरङका अध्यक्ष सन्तोष घिमिरेले जानकारी दिनुभयो ।

उहाँले युवालाई नगरसभाको निर्णय प्रकृयाको ज्ञान दिई असल संस्कार र सुझबुझपूर्ण व्यवहार सिकाउन पनि नमुना नगर युवा सभा कार्यक्रम गरिएको र यसबाट युवालाई नेतृत्व विकास गर्न सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा नगरपालिकाको नगरसभा सञ्चालन गरे जस्तै गरि युवाहरुले अभ्यास गर्ने गर्दछन् । जसका लागि स्थानीय तहका वडामा वडा कार्यालय जस्तै गरि वडास्तरीय युवा क्लब गठन गरिएको छ । नमुना नगरसभामा पालिकाका १२ वटा वडाबाट ४५ जना युवा सहभागी छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार