मुख्य समाचार
प्रधानमन्त्रीलाई विश्वास मत दिन्छौं, शंका नगरे हुन्छ, माधव नेपालको प्रष्टिकरण | ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्य | रुपनी–छिन्नमास्ता सडक निर्माण चाँडै सम्पन्न गराउन सक्रिय पालिका अध्यक्ष चौधरी | खाँडो खोलामा युवक मृत भेटिए | १४ सूत्रीय माग राखी डाक्नेश्वरीमा नगर प्रमुखलाई ज्ञापनपत्र | आफ्नो अधिकार के हो भन्ने बुझ्न जरुरी छ । | कञ्चनरूप कार्यपालिकाको नाममा अन्तरिम आदेश जारी नहुने आदेश जारी | बैंकमा कार्यरत सुरक्षागार्डको हत्या आरोपमा एक पक्राउ | कञ्चनरूप पडेमारामा अग्निपीडितलाई भाडा वर्तन लगायत सामग्री प्रदान | सरकारमा बसेर देश जनतालाई बेबकुफ बनाउँदै गरेको कांग्रेस नेताको आरोप |

शान्ति र विकासका लागि नागरिक समाजको भूमिका विषयक गोष्ठी सम्पन्न

Kanchan24 1+ समाचार ( )
१२ पौष २०८०, बिहीबार

लेटाङ, १२ पौष । लेटाङमा शान्ति र विकासका लागि नागरिक समाजको भूमिका विषयक २ दिने गोष्ठी सम्पन्न भएको छ । ब्रेड फर द वल्र्ड जर्मनीको आर्थिक सहयोग तथा संस्थागत विकास सञ्जाल ललितपुरको साझेदारीमा सामुदायिक विकास मञ्च (सीडीएफ) नेपालले हिजो बुधबार र आज विहीबार गरि २ दिने गोष्ठि सञ्चालन गरेको हो ।

सीडीएफ नेपालका युवा शान्ति सहजकर्ता जुनिता राईले सञ्चालन गर्नु भएको गोष्ठीमा परियोजना इञ्चार्ज नरबहादुर लिम्बूले नागरिक समाजको परिभाषा, महत्व, भूमिका, विशेषता र प्रकारको वारेमा सहजिकरण गर्नुभयो । उहाँले नागरिक समाज, टोल विकास संस्था र अन्य साझेदारसँगको सम्बन्ध बारेमा सहजीकरण गर्नुभयो ।

यस्तै नागरिक समाज र स्थानीय तहबीचको सम्बन्ध तथा सहकार्यका विषयमा लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र कुमार लावतीले सहजीकरण गर्नुभयो । गोष्ठीमा सहभागीहरुले समूहकार्य गरी प्रस्तुत गरेका थिए भने भाविकार्य योजना निर्माण गरी उक्त कार्ययोजना कार्यान्वयन गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । 

२७ जनाले सहभागिता जनाएको गोष्ठीको अध्यक्षता सीडीएफ नेपालका अध्यक्ष रामचन्द्र बुढाथोकीले गर्नु भएको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार