मुख्य समाचार
शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज | रूपनगरमा न्यायाधीश र विद्यार्थीबीच कानुनी साक्षरतासम्बन्धी अन्तर्क्रिया | सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण | हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न | सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता |

हनुमाननगर कङ्कालिनी नगरपालिकाले किसानको खेत खेतमा निःशुल्क बिजुली व्यवस्था

Kanchan24 318+ समाचार ( )
२६ चैत्र २०८१, बुधवार

कञ्चनरूप। जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिकाले किसानको खेत खेतमा  सिँचाइको लागी बिना मिटर बिजुली गुर्याउने व्यवस्था गरेको छ र्।  
नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा सिँचाइका लागि नगरपालिकाले नगर भित्रका किसानको खेतमा कृषि मिटरको साटो सबैको लागी मास्टर मिटरसमेत जडान गरिएको  छ । अब किसानले व्यक्तिगत रुपमा लिँदै आएको कृषि मिटर लिने कार्यको अन्त्य भएको छ ।
नगरपालिकाले र प्राधिकरण सहकार्यमा छुट्टै ट्रान्सफर्मरबाट विद्युत प्रसारण गरी मास्टर मिटरबाट किसानको खेतमा बिजुली पु¥याएको हो । 
हनुमाननगर कङ्कालिनी नगरपालिकाको २ करोड र विद्युत् प्राधिकरणको २० प्रतिशत लगानीमा ५ वटा ट्रान्सफर्मर र सोसँगै मास्टर मिटर पनि जडान गरिएको नगर प्रमुख विरेन्द्र माझीले जानकारी दिए । नगर प्रमुख माझीका अनुसार अब किसानले छुट्टै कृषि मिटर लिनु नपर्ने व्यवस्थाको अन्त्य भएको मास्टर मिटर जडान पछि किसानले सिधै पोलमा जडान गरिएको क्लिप बोर्डबाट मोटर चलाउन सक्ने छन । 
कृषि मिटर लिन कम्तिमा किसानलाई ५ हजार नगद खर्च हुन्थ्यो ।  जग्गाधनी पुर्जा लगायतको कागजहरू तयार पार्दा समेत समयमा किसानले मिटर नै पाउँदैनथे अब त्यो झन्झटबाट किसान मुक्त भएका छन । न मिटर पनि लिनु परेन झन्झट  न शुल्क पनि तिर्नु आर्थिक सङ्कटबाट  मास्टर मिटरमा खपत भएको रकम नगरपालिकाले विद्युत् प्राधिकरणलाई भुक्तानी गर्ने ब्यवस्था मिलाएको नगर प्रमुख माझीले बताए ।
हनुमाननगर कङ्कालिनी नगरपालिकाले किसानहरूका लागी पालिकाको नीति कार्यक्रमबाटै सिँचाइ गर्न सहज बनाउने उद्देश्यले नगरपालिका भित्र हाल ५ वटा ट्रान्सफर्मर जडान गरेर ८ वटा वडाका किसानलाई निःशुल्क विद्युत् उपलब्ध हुने र बाँकी ६ वटा वडामा पनि मास्टर मिटर सहितको ट्रान्सफर्मर जडान गरिने पालिकाको नीति रहेको उहाँले जानकारी दिए । 
किसानलाई सिँचाइको व्यवस्था मिलाउन नगरपालिकाले पछिल्लो पटक वडा नम्बर ८ योगिनियाँमा १०० केभिएको ट्रान्सफर्मर सहित मास्टर विद्युतीय मिटर जडान गर्दै सञ्चालनमा ल्याएको नगरपालिकाले यसअघि किसानलाई निःशुल्क बिजुली उपलब्ध गराउने नीति अनुसार कृषि मिटरको बिल सङ्कलन गरेर विद्युत् प्राधिकरणलाई भुक्तानी गर्दै आएको थियो ।
नगरपालिकाको वडा नम्बर १ भारदह र वडा नम्बर ४ गङ्गापुरमा यसअघि नै मास्टर मिटर जडान गरिसकेको छ । अहिले सम्म जडान गरिएको ट्रान्सफर्मरबाट वडा नम्बर १ देखि वडा नम्बर ८ सम्मका करिब ५ हजार किसान लाभान्वित हुने नगर प्रमुख माझीले बताए  ।
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार