मुख्य समाचार
राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै रुपनगरमा मिनी महोत्सवको रौनक | घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला |

नेकपा (संयुक्त) को आह्वान : ‘घुस नखानेहरूको पार्टी’ बनाउन जेनजी र नागरिकलाई साथ दिन अपील

Ambika Dahal 22+ समाचार ( )
१७ मंगशिर २०८२, मङ्गलबार

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले देशमा सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त राजनीतिक प्रणाली निर्माणका लागि ‘घुस नखानेहरूको पार्टी’ अभियानमा जेनजी पुस्तादेखि आम नागरिकसम्म सबैलाई सहभागी हुन आग्रह गरेको छ।

विशेष राष्ट्रिय सम्मेलन आयोजक कमिटीको पहिलो बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीले यो अपील गरेको हो। बैठकका निष्कर्षबारे सोमबार कार्यवाहक अध्यक्ष घनश्याम भूसालले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका थिए।

सरकारी दमन र हिंसात्मक घटनामा छानबिनको माग

पार्टीले भदौ २४ गते सरकारी तथा निजी सम्पत्तिमा भएका आगजनी, तोडफोड र लुटपाटका घटनामा संलग्नहरूलाई छानबिन गरी कानूनी कारबाही गर्न माग गरेको छ।

त्यस्तै Gen-Z को शान्तिपूर्ण प्रदर्शनमा भएको ‘बर्बरतापूर्ण दमन’ को आदेश दिने तत्कालीन सरकारका शीर्ष जिम्मेवारमाथि पनि छानबिन गर्नुपर्ने भन्दै नेकपा (संयुक्त) ले कडा प्रश्न उठाएको छ।

सम्पत्ति छानबिन आयोग गठनको प्रस्ताव

पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा पार्टीले नेतृत्वदायी पदमा पुगेका

  • नेता,
  • न्यायाधीश,
  • सुरक्षा निकायका अधिकारी,
  • र निजामती कर्मचारी

सबैको सम्पत्ति छानबिन गर्न अधिकार सम्पन्न सम्पत्ति छानबिन आयोग गठन गर्न सरकारलाई माग गरेको छ। पार्टीका अनुसार यही उपायले मात्र ‘उच्च तहमा जमेको भ्रष्टाचारको जड’ उखेलेर सुशासन सम्भव छ।

निष्पक्ष निर्वाचनको माग

पार्टीले आगामी फागुन २१ गतेको निर्वाचन निष्पक्ष, स्वच्छ र भयरहित बनाउन सरकार, निर्वाचन आयोग र सम्बन्धित निकायहरूलाई आवश्यक तयारी गर्न आग्रह गरेको छ।

नेकपा (संयुक्त) का अनुसार पार्टी अब व्यापक जनसमर्थनसहित सफा नेतृत्व, पारदर्शी राजनीति र उत्पादनमुखी अर्थतन्त्र को एजेण्डा लिएर जनताबीच जाने तयारीमा छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार