मुख्य समाचार
कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश |

प्रहरी हुँ भन्दै लुटपाट गर्ने २ जना पक्राउ

Kanchan24 1+ समाचार ( )
२५ अशोज २०८०, बिहीबार

मोरङ । प्रहरी हुँ भन्दै लुटपाट गर्ने कार्यमा संलग्न २ जनालाई मोरङ प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । गत असोज २२ गते विराटनगरको रोडसेसमा मोटरसाइकल रोकी प्रहरी हुँदै भन्दै विराटनगर १२  रानी बस्ने रवि कुमार साह सुडीलाई लुटपाट गर्ने कार्यमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो ।

लुटपाटमा संलग्न विराटनगर १ टंकी बस्ने ३८ वर्षीय दीपक तामाङ र विराटनगर ४ खार्जी बस्ने ३६ वर्षीय सुनिल थापालाई बिहीबार विराटनगर १ धनावतपुल नजिकबाट नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ ।

गत असोज २२ गते रवि कुमारलाई रानीबाटै पिछा गर्दै आएर २ जनाले रोडसेसमा मोटरसाइकल रोकी प्रहरी हुँ भन्दै मोटरसाइकल नियन्त्रणमा लिएर विराटनगर २ स्थित हनुमान मन्दिर परिसरमा लगि धाकधम्की दिइ रवि कुमार साह सुडीको साथबाट नगद बोकेको झोला लुटेर फरार भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट बा ६७ प २५०४ नम्बरको रोयल इीन्फीलेण्ड मोटरसाइकल १ थान, नगद ८ लाख ६५ हजार,  नागरिकता, चेक, एटीएम लगायतका कागजपत्र बरामद गरेको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार