मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

स्थानीय प्रमुख चार दलका नेता तथा कार्यकर्ताले पातो बजार बन्द गराए

महेन्द्र सदा 24+ समाचार ( )
१७ आषाढ २०८१, सोमबार

पातो ।  बिभिन्न माग राख्दै आन्दोलनरत स्थानीय प्रमुख चार दलका नेता तथा कार्यकर्ताले सप्तरी डाक्नेश्वरी नगरपालिकाको प्रमुख बजार पातो बजार सोमबार बन्द गराएका छन । 

गत जेठ १ गते १४ बुँदे माग राखेर ज्ञापन बुझाउँदा पनि नगर प्रमुख रामलखन मलाहाले वेवास्ता गरेको भन्दै मागप्रति नगर प्रमुखसहितका जनप्रतिनिधिले कुनै चासो नदिएको भन्दै उनीहरूले सोमबार बिहानदेखि पातो बजार बन्द गराएका हुन् । नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरू आफ्ना माग राख्दै एक सातादेखि नगरपालिकाको कार्यालय अगाडि धर्ना दिदैँ आएका थिए ।

नेपाली काङ्ग्रेसका नगर सभापति नारायण यादवले १ जेठमै राजनीतिक दलका नेताहरूले राजनीतिक प्रतिशोधको नाममा गरिएको शिक्षक सरुवा अविलम्ब खारेज गर्नुपर्ने, दरबन्दी मिलान बेगर शिक्षकको सरुवा गर्ने निर्णयमा सहभागी शिक्षा अधिकृत कृष्ण कुमार यादवलाई सरुवा गर्न, नगर शिक्षा ऐन संशोधन गर्न, राजनीतिक पूर्वाग्रही तरिकाले हटाइएका कर्मचारीलाई पुनर्बहाली गर्न, सामाजिक सुरक्षा भत्ता त्रैमासिक रुपमा उपलब्ध गराउन, कोरोनाको समयमा गरिएको खर्चको आयव्यय सार्वजनिक गर्न, सर्पदंश अस्पतालको लागि खरिद गरिएको उपकरणमा भएको अनियमितता छानबिन गरी अविलम्ब सञ्चालन गर्न, सर्वदलीय बैठकद्वारा टोल बस्ती समिति अविलम्ब गठन गरि सञ्चालन गर्न सहितका माग राखेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार