मुख्य समाचार
नेकपा (संयुक्त) को आह्वान : ‘घुस नखानेहरूको पार्टी’ बनाउन जेनजी र नागरिकलाई साथ दिन अपील | कञ्चनरूपमा ९ सय ७८ केजी गाँजासहित एक युवक पक्राउ | डाक्नेश्वरीमा वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न | रुपनगरमा खानेपानीको पाइप फुटेपछि, सङ्क्रमणको जोखिम बढ्दै | छठ मनाउँदाका क्रममा पोखरीमा डुबेर पुरुषको मृत्यु | “तीन सन्तान गुमाएको पीडा : सौर्य जहाज दुर्घटना जानाजान गरिएको मानवीय त्रुटि हो’ | कञ्चनरूपमा पत्रकारमाथि कुटपिट, पत्रकारहरूको सामूहिक उजुरी | कञ्चनरुपमा पत्रकारमाथि दुर्व्यवहारः पत्रकारद्वारा कानूनी कारबाहीको माग | जोगवनी बजार तनावग्रस्त, नेपालीको प्रवेश रोकियो | Kanchan24.com पाँचौँ वर्षको यात्रा पुरा गरी छैठौं वर्षमा प्रवेस |

स्थानीय प्रमुख चार दलका नेता तथा कार्यकर्ताले पातो बजार बन्द गराए

महेन्द्र सदा 21+ समाचार ( )
१७ आषाढ २०८१, सोमबार

पातो ।  बिभिन्न माग राख्दै आन्दोलनरत स्थानीय प्रमुख चार दलका नेता तथा कार्यकर्ताले सप्तरी डाक्नेश्वरी नगरपालिकाको प्रमुख बजार पातो बजार सोमबार बन्द गराएका छन । 

गत जेठ १ गते १४ बुँदे माग राखेर ज्ञापन बुझाउँदा पनि नगर प्रमुख रामलखन मलाहाले वेवास्ता गरेको भन्दै मागप्रति नगर प्रमुखसहितका जनप्रतिनिधिले कुनै चासो नदिएको भन्दै उनीहरूले सोमबार बिहानदेखि पातो बजार बन्द गराएका हुन् । नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरू आफ्ना माग राख्दै एक सातादेखि नगरपालिकाको कार्यालय अगाडि धर्ना दिदैँ आएका थिए ।

नेपाली काङ्ग्रेसका नगर सभापति नारायण यादवले १ जेठमै राजनीतिक दलका नेताहरूले राजनीतिक प्रतिशोधको नाममा गरिएको शिक्षक सरुवा अविलम्ब खारेज गर्नुपर्ने, दरबन्दी मिलान बेगर शिक्षकको सरुवा गर्ने निर्णयमा सहभागी शिक्षा अधिकृत कृष्ण कुमार यादवलाई सरुवा गर्न, नगर शिक्षा ऐन संशोधन गर्न, राजनीतिक पूर्वाग्रही तरिकाले हटाइएका कर्मचारीलाई पुनर्बहाली गर्न, सामाजिक सुरक्षा भत्ता त्रैमासिक रुपमा उपलब्ध गराउन, कोरोनाको समयमा गरिएको खर्चको आयव्यय सार्वजनिक गर्न, सर्पदंश अस्पतालको लागि खरिद गरिएको उपकरणमा भएको अनियमितता छानबिन गरी अविलम्ब सञ्चालन गर्न, सर्वदलीय बैठकद्वारा टोल बस्ती समिति अविलम्ब गठन गरि सञ्चालन गर्न सहितका माग राखेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार