मुख्य समाचार
राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै रुपनगरमा मिनी महोत्सवको रौनक | घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला |

आक्रमणको विरोध
एमाले कोशी प्रदेशद्वारा आक्रमणको विरोध

Kanchan24 1+ समाचार ( )
२५ जेठ २०८०, बिहीबार

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले कोशी प्रदेशका उपसभामुख सृजना दनुवार र एमाले कोशी प्रदेश संसदीय दलका उपनेता राम रानामाथि भएको आक्रमणको विरोध गरेको छ । एमाले कोशी प्रदेश संसदीय दलले पहिचानवादीका नाममा उपसभामुख दनुवारलाई उदयपुरमा र उपनेता राना मगरमाथि इलाममा भएको आक्रमण प्रति भर्त्र्सना गर्दै यस्ता कार्य नगर्न अनुरोध र आग्रह गरेको छ ।

एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले कोशी प्रदेशमा शान्ति सुरक्षाको अवस्था कमजोर भएको भन्दै तत्काल शान्ति सुरक्षाको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । उनले समाजमा अमन चयन कायम गर्ने, शान्ति सुरक्षा कायम गर्ने सङ्घीय सरकारको दायित्व  भएपनि शान्ति सुरक्षा कायम गर्न सङ्घीय सरकार चुक्दै गएको देखिएको बताएका छन् ।प्रमुख सचेतक भण्डारीले शान्ति सुरक्षा कायम गर्न सरकारसँग माग गरेका छन् । उनले प्रदेशको नामकरणलाई लिएर आन्दोलन गरिरहेका पहिचानवादीहरूलाई वार्ताको टेबुलबाट समस्याको समाधान खोज्न समेत अनुरोध र आग्रह गरेका छन् ।

      एमाले कोशी प्रदेश संसदीय दलका नेता राम राना माथि इलामबाट विराटनगर फर्कने क्रममा इलाममा र उप सभामुख दनुवारलाई उदयपुरको गाईघाटमा बिहीबार आक्रमण भएको छ ।आक्रमणबाट दुवै जनालाई चोट नलागे पनि सवार गाडीमा भने क्षति पुगेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार