मुख्य समाचार
घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला | सप्तरी–१ कांग्रेसमा छ जनाको भिडन्त, सर्वसम्मतिको प्रयास पनि जारी |

महासंघको ७१औँ स्थापना दिवसमा पत्रकारका लागि निःशुल्क कान जाँच शिविर

Kanchan24 358+ समाचार ( )
१६ चैत्र २०८२, सोमबार
राजविराज । नेपाल पत्रकार महासंघ सप्तरी शाखाले आफ्नो ७१औँ स्थापना दिवसको अवसरमा सोमबार राजविराजमा पत्रकार तथा सञ्चारकर्मीहरूका लागि निःशुल्क कान जाँच शिविर आयोजना गरेको छ। पत्रकारहरूको स्वास्थ्य अवस्थाप्रति संवेदनशीलता देखाउँदै कानसम्बन्धी समस्या समयमै पहिचान र आवश्यक उपचारका लागि सहयोग पुर्‍याउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो। महासंघको सभाहलमा सम्पन्न शिविर इम्प्याक्ट नेपाल ठाकादेवी (जोगेन्द्र भगत) कान उपचार केन्द्र, राजविराजको प्राविधिक सहयोगमा आयोजना गरिएको थियो। स्थापना दिवसको अवसरमा आयोजित उक्त स्वास्थ्य शिविरमा तीन दर्जनभन्दा बढी पत्रकार तथा सञ्चारकर्मीहरूले कान परीक्षण गराएको नेपाल पत्रकार महासंघ सप्तरी शाखाले जनाएको छ । सप्तरी शाखा अनुसार पत्रकारहरूको व्यस्त र चुनौतीपूर्ण पेशागत जीवनमा स्वास्थ्यलाई समेत उत्तिकै प्राथमिकता दिनुपर्ने सन्देशसहित महासंघले यस्ता कार्यक्रमलाई विशेष महत्व दिँदै आएको छ। शिविरमा जाँच गराएका अधिकांश पत्रकारहरूको स्वास्थ्य अवस्था सामान्य रहेको इम्प्याक्ट नेपाल ठाकादेवी ९जोगेन्द्र भगत० कान उपचार केन्द्र, राजविराजका प्रमुख नरेश यादवले बताए। उनका अनुसार जाँच गराएका कसैको पनि कानमा गम्भीर समस्या नदेखिएको र केही व्यक्तिमा सामान्य समस्या मात्र भेटिएकाले उनीहरूलाई औषधिसहित आवश्यक उपचार तथा परामर्श प्रदान गरिएको छ। शिविरमा कान उपचार कार्यकर्ता मनोज मण्डल र दिल्लीबहादुर अधिकारीले सहभागी पत्रकारहरूको कान परीक्षण गरेका थिए। परीक्षणका क्रममा सुनाइ कम हुने समस्या, कानभित्र हुने सामान्य संक्रमण तथा अन्य सम्भावित समस्याको प्रारम्भिक जाँच गरिएको जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार