मुख्य समाचार
कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश |

सँस्कृत विद्यापीठको साधारणसभा सम्पन्न, नयाँ कार्य समिति गठन गरिने

Kanchan24 1+ समाचार ( )
१७ कार्तिक २०८०, शुक्रबार

लेटाङ । मोरङको लेटाङ नगरपालिका वडा नम्बर ९ स्थित श्री वैजनाथ अधिकारी प्रभारम्भिक सँस्कृत विद्यापीठको १३ औं वार्षिक साधारणसभा आज शुक्रबार सम्पन्न भएको छ । साधारणसभाले नयाँ व्यवस्थापन समिति गठनका लागि ४ जना अभिभावकलाई सर्वसहमतिमा सदस्य चयन गरेको छ  । 

कम्तिमा २ जना महिलासहित ४ जना चयन हुनुपर्नेमा लेटाङ ९ का टेकनाथ निरौला, लेटाङ ५ की इन्दीरा पौडेल, मिक्लाजुङ  ३ का उमेश निरौला र रतुवामाई ९ की शोभा भट्टराई गौतम सदस्यमा चयन हुनु भएको हो । जम्मा ९ सदस्यीय व्यवस्थापन समिति रहनेमा अन्य २ जना नगरपालिकाबाट छनौट गरि पठाइने, १ जना वडा जनप्रतिनिधिबाट रहने, प्रधानाध्यापक सदस्य सचिव रहने र एकजना शिक्षक पनि सदस्यमा चयन हुने व्यवस्था रहेको छ । यसरी चुनिएका ९ जनामध्येबाट व्यवस्थापन समिति अध्यक्ष चयन गरिनेछ । 

साधारणसभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि लेटाङ नगरपालिका प्रमुख भूपेन्द्र कुमार लावतीले संस्कृति विद्यापीठ अरु विद्यालय भन्दा फरक विशेषता भएको विद्यालय रहेको भन्दै यसको विकासमा सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले यस प्रकारको विद्यालय लेटाङ नगरपालिकामा सञ्चालन हुनु गर्वको कुरा रहेको भन्दै विद्यापीठको विकासलाई नगरपालिकाले प्राथमिकतमा राखेको उल्लेख गर्नुभयो । 

२०७७ साल असारमा घनश्याम खतिवडाको अध्यक्षतमा गठन भएको सञ्चालक समितिले ३ वर्षे कार्यकाल पुरा गरेपछि नयाँ व्यवस्थापन समिति गठन गर्न लागिएको हो । साधारणसभामा विद्यालयका प्रधानाध्यापक एकराज भट्टराईले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो भने लेखा समिति संयोजक खगेन्द्र पौडेलले आर्थिक प्रातिवेदन पेश गर्नुभयो ।

साधारणसभामा लेटाङ  ९ का वडाध्यक्ष नन्दप्रसाद खतिवडा, वडासदस्य गोपाल मगर लागयत विभिन्न सामाजिक तथा धार्मिक संघ संस्थाका प्रतिनिधिहरु, जग्गादाताहरु, शुभचिन्तकहरु लगायतको उपस्थिति रहेको थियो । विभिन्न दाताहरुबाट जग्गा तथा नगद दानगरि २०६८  सालमा स्थापना गरिएको विद्यापीठमा हाल पूर्वका विभिन्न जिल्ला तथा पालिकाबाट गरि ३२ जना बटुकहरु अध्ययनरत छन् । 

कक्षा ४ सम्मको अध्यापन गराइने विद्यापीठमा रुद्री, चण्डि, वेद, व्याकरण, हितोपदेश, गीता तथा अंग्रेजी र गणित विषय पठन पाठन हुँदै आएको छ । यहाँको अध्ययन पुरा गरेपछि विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि अन्यत्र पठाउने गरिएको विद्यापीठका शिक्षक निशान भण्डारीले जानकारी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार