मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |

जाडो र शीतलहर बढेपछि कञ्चनरूप र अग्नीसाइर कृष्णासवरनमा तीन दिन विद्यालय विदा

Kanchan24 324+ समाचार ( )
१४ पौष २०८२, सोमबार

कञ्चनरूप ।  बाक्लो कुहिरोसँगै जाडो र शीतलहर बढेपछि सप्तरीको कञ्चनरूप नगरपालिका र अग्नीसाइर कृष्णासवरन गाउँपालिका अन्तर्गतका सबै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा तीन दिनका लागि विदा दिइएको छ।

सम्बन्धित स्थानीय तहले सोमबार सूचना जारी गर्दै २०८२ पुस १६ गतेदेखि १८ गतेसम्म विद्यालयको पठनपाठन स्थगित रहने जानकारी गराएका हुन्। बढ्दो जाडोका कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै निर्णय गरिएको जनाइएको छ।

कञ्चनरूप नगरपालिकाले नगर प्रमुखको आदेशअनुसार जारी सूचनामा उक्त अवधि भरि नगरभित्र सञ्चालित सबै विद्यालयमा पठनपाठन बन्द रहने उल्लेख गरेको छ। दिइएको विदा शैक्षिक क्यालेन्डरमा उल्लेखित जाडो विदाबाट कट्टा हुने नगरपालिकाले जनाएको छ।

यस्तै, अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र कुमार यादवद्वारा हस्ताक्षरित सूचनामा जाडो तथा चिसो बढेकाले जाडो विदाबाट कट्टा हुने गरी तीन दिन विद्यालय बन्द गर्न निर्देशन दिइएको छ।

सूचनामा ‘जाडोयाम सुरु भएसँगै पालिकाभित्र चिसो र जाडो बढेकाले मिति २०८२ पुस १६ गतेदेखि १८ गतेसम्म तीन दिनका लागि विद्यालयमा विदा गरिएको’ उल्लेख छ।

स्थानीय प्रशासनका अनुसार बाक्लो कुहिरो र शीतलहर बढेपछि सप्तरीका आधा दर्जन स्थानीय तहमा विद्यालय विदा दिइएको छ। 

जाडो र शीतलहरको प्रभाव बढ्दै गएपछि सप्तरीका विभिन्न स्थानीय तहले विद्यालय विदा दिने निर्णय गरेका छन्। यसअघि नै केही पालिकाले विद्यालय बन्द गरिसकेका छन् भने थप पालिकाले पनि त्यस्तै निर्णय लिन सक्ने संकेत देखिएको छ।

डाक्नेश्वरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार मण्डलका अनुसार नगरपालिकाभित्रका निजी तथा सामुदायिक सबै विद्यालयमा पुस १४ गते सोमबारदेखि पुस १८ गते शुक्रबारसम्म पठनपाठन बन्द रहनेछ। आइतबार जारी सूचनामार्फत उक्त अवधिमा विद्यार्थीलाई विद्यालय नआउन आग्रह गरिएको छ।

यस्तै, राजगढ गाउँपालिकाकी कार्यबाहक अध्यक्ष रणदुवेवी मण्डलद्वारा आइतबार जारी सूचनामा चिसो र शीतलहरका कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै पाँच दिनको विदा घोषणा गरिएको उल्लेख छ।

उता, बादेबर्साइन नगरपालिकाले पनि बढ्दो चिसोलाई कारण देखाउँदै पुस ९ गतेदेखि १३ गतेसम्म पाँच दिन विद्यालय बन्द गरेको थियो। नगर प्रमुख आतेश सिंह यादवद्वारा जारी सूचनामा शीतलहरका कारण अत्यधिक चिसो बढ्दा बालबालिकालाई विद्यालय आउन–जान असहज भएकाले विद्यालय बन्द गर्नु परेको जनाइएको छ।

हाल सप्तरी जिल्लामा बिहान र साँझ बाक्लो हुस्सु लाग्ने, दिउँसो चिसो हावा चल्ने क्रम जारी छ। यसले बालबालिका, वृद्धवृद्धा मात्र नभई पशुपन्छीसमेत प्रभावित बनेको स्थानीयले बताएका छन्।

मौसम पूर्वानुमानअनुसार चिसो अझै केही दिन कायम रहने सम्भावना रहेकाले अन्य पालिकाहरूले पनि विद्यालय विदासम्बन्धी यस्तै निर्णय लिन सक्ने संकेत देखिन थालेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार