मुख्य समाचार
बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही |

सप्तरीका चारै क्षेत्रमा ‘हेभीवेट’ भिडन्त : फागुन २१ को चुनाव प्रतिष्ठाको निर्णायक परीक्षा

Kanchan24 326+ समाचार ( )
१ फाल्गुन २०८२, शुक्रबार

कञ्चनरूप । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनसँगै सप्तरीका चारै निर्वाचन क्षेत्र यतिबेला चुनावी तापक्रमले तातेका छन्। यसपटक कुनै औपचारिक गठबन्धनबिना अधिकांश दल आ–आफ्नै शक्तिमा मैदानमा उत्रिएका छन्। पुराना प्रभावशाली ‘हेभीवेट’ नेतासँगै केही नयाँ तथा युवा उम्मेदवारको प्रवेशले चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ। यसकारण यो निर्वाचन केवल प्रतिनिधि चयनको प्रक्रिया नभई प्रतिष्ठा, प्रभाव र आगामी राजनीतिक भविष्यको निर्णायक परीक्षा जस्तै देखिएको छ।

क्षेत्र नम्बर १ मा नेकपा एमालेका केन्द्रीय नेता तथा पूर्व राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेल, नेपाली कांग्रेसका जिल्ला सभापति रामदेव साह र जनमत पार्टीका (डा. जयकान्त राउत)बीच मुख्य प्रतिस्पर्धा देखिएको छ। तीनै जना अघिल्ला निर्वाचनमा पराजित भइसकेका अनुहार भएकाले यसपटक उनीहरूका लागि यो चुनाव प्रतिष्ठाको पुनः परीक्षा बनेको छ। यता स्वाभिमान पार्टीका सुमित साहसहित अन्य दलका उम्मेदवारले पनि प्रतिस्पर्धालाई बहुआयामिक बनाएका छन्।

क्षेत्र नम्बर २ मा भने चुनाव ‘आन्दोलन र शासन’को बहसतर्फ केन्द्रित देखिन्छ। जनमत पार्टीका अध्यक्ष सीके राउत आन्दोलनबाट स्थापित राजनीतिक पहिचानका साथ मैदानमा छन् भने पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह अनुभव र कार्यसम्पादनको दाबीसहित प्रतिस्पर्धामा छन्। जसपा नेपालका उमेश कुमार यादवले संगठन र परम्परागत मतदाताको आधारमा चुनावी मैदान समातेका छन्। यस क्षेत्रमा मतदाता विकास, रोजगारी र सेवा–सुविधाजस्ता मुद्दामा बढी केन्द्रित देखिएका छन्।

क्षेत्र नम्बर ३ मा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारीले विशेष चासो थपेको छ। अघिल्लो निर्वाचनमा सप्तरी–२ बाट पराजित भएका यादवले यसपटक क्षेत्र परिवर्तन गर्दै यहाँ उम्मेदवारी दिएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका पूर्वसभापति तथा निवर्तमान सांसद दिनेशकुमार यादव र एमालेका जिल्ला अध्यक्ष ताराकान्त चौधरी रहेका छन्। तीन शक्तिशाली अनुहारबीचको भिडन्तले क्षेत्र नम्बर ३ लाई विशेष रूपमा चासोको केन्द्र बनाएको छ।

क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका नेता तथा निवर्तमान युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी चौथो पटक प्रतिस्पर्धामा छन्। उनका विरुद्ध जसपा नेपालकी डा। बबि सिंह यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका सीताराम साह मैदानमा उत्रिएका छन्। यहाँ अनुभव र नयाँ राजनीतिक धारबीचको प्रतिस्पर्धा देखिएको छ।

समग्रमा हेर्दा सप्तरीका चारै क्षेत्रमा पूर्वउपप्रधानमन्त्रीदेखि पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, निवर्तमान सांसद र केन्द्रीय अध्यक्षसम्म चुनावी मैदानमा छन्। ‘हेभीवेट’ नेताको प्रत्यक्ष भिडन्त र नयाँ पुस्ताको राजनीतिक सक्रियताले यसपटकको चुनावलाई असाधारण बनाएको छ। फागुन २१ को मतपरिणामले केवल प्रतिनिधि तय गर्ने छैन, यसले मधेशको भावी राजनीतिक दिशाबारे पनि स्पष्ट सन्देश दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार