मुख्य समाचार
कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज | रूपनगरमा न्यायाधीश र विद्यार्थीबीच कानुनी साक्षरतासम्बन्धी अन्तर्क्रिया | सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण | हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न | सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित |

सप्तरी प्रिमियर लिगमा कञ्चनरूप बिजयी

Kanchan24 320+ समाचार ( )
२० जेठ २०८१, आइतबार

कञ्चनरूप । राजबिराजमा सञ्चालित सप्तरी प्रिमियर लिग छैठौं  सिजन मेयर कपको तेस्रो दिनको खेलमा छिन्नमस्ता लायन्स र कञ्चनरूप राइनोज बिजयी भएका छन ।
कंञ्चनरूपले बलानलाई २० रनले पराजित गर्दै बिजयी भएको हो भने राजबिराज राजदेबी ११ लाई ६ बिकेटले पराजित गर्दै छिन्नमस्ता लायन्स बिजयी भएको छ । 
कञ्चनरूप राइनोज र बलान बिहुल सुपर किंग बिच भएको दोस्रो खेलमा कञ्चनरूप राइनोजले बालनलाई २० रनले पराजित गर्दै बिजयी भएको हो । 
दोस्रो खेलमा कञ्चनरूपले दिएको १ सय ५३ रनको लक्ष्य पछयाउने क्रममा बलानले २० ओभरमा ९ बिकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन दिएको थियो । 
टस जितेर ब्याटिङमा उत्रेको कञ्चनरूपले २०  ओभरमा ६ बिकेट गुमाएर १ सय ५३ रनको योगफल खडा गरेको थियो । जसमा राशिद खानले ३९ रन बनाएका थिए, अर्का ब्याटर राहुल मण्डल ३७ रन, राकेश कामैत २९ रन, महान्नद यादबले १९ रन बनाए । बलिंग तर्फ बलानका सन्तोष कार्कीले ५ बिकेट र सहाव आलमले १ बिकेट हात पारेका थिए ।  
बलानले २०   ओभरमा ९ बिकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सकेको थियो ।  जसमा बबु गोहित्याले ५८ रनका साथ उत्कृष्ट ब्याटिङ गरेपनि जितको लागि पर्याप्त हुन सकेन, यसैगरी सन्तोष कार्कीले १२ रन बनाएका थिए । 
बलिंग तर्फ कंचनरूपका दिनेश अधिकारी ४ बिकेट, राहुल मण्डल ३ बिकेट तथा चित्रबहादुर बिष्ट र अरनिको प्रसाद यादबले १÷१ बिकेट लिएका थिए । 
यसै गरी पहिलो खेलमा राजदेवीले दिएको ६८ झिनो लक्ष्य पछयाउने क्रममा छिन्नमस्ता लायन्सले ६ बिकेट गुमाएर बिजयी भएको छ् ।  टस जितेर ब्याटिङ गरेको राजबिराजले १६ ओभर ३ बलमा १० बिकेट गुमाएर ६८ रन मात्र बनाउन सकेको थियो । 
जसमा विजय यादव १६ रन, दिलिप नाथ १४ र श्रवण यादवले १० जोडेका थिए । बलिंग तर्फ छिन्नमस्ताका गुणान्नद राय ३ बिकेट र विशाल पटेल, भिम सार्की, मोहम्मद सोहिलले समान्य २÷२ बिकेट लिएका थिए । 
प्रतिउत्तरमा छिन्नमस्ता लायन्सले ९ ओभर ५ बलमा ४ बिकेट गुमाएर बिजयी भएको थियो । जसमा उत्कृष्ट ब्याटिङ गर्दै मयन यादवले ४२ रन बनाउका थिए भने सुमित नेवारले ११ रन जोडेका थिए । 
बलिंग तर्फ राजबिराजका रिजन ढकालले २ बिकेट तथा श्रवण यादवले र जितेन्द्र यादवले १÷१ बिकेट लिएका थिए । 
खेलको प्लेयर अफ म्याच गुणान्नद राय घोषित भएका थिए भने गेम चेन्जर विशाल पटेल भएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार