मुख्य समाचार
राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै रुपनगरमा मिनी महोत्सवको रौनक | घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला |

चार दलका नेताकार्यकर्ताले डाक्नेश्वरीका मेयरको पुत्ला दहन गरे

महेन्द्र सदा 24+ समाचार ( )
२९ आषाढ २०८१, शनिबार

पातो । निरङ्कुश बनेको भन्दै चार दलका नेताकार्यकर्ताले शनिबार साँझ रामलखन मलाहाको पुत्ला दहन छन् । 

नगरपालिकाभित्रका चार दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र लोसपाका नेताकार्यकर्ताले शनिबार साँझ मेयर मलाहाको पुत्ला जलाएका छन् ।

ती दलका नेताहरूले बिभिन्न माग राख्दै गत जेठ १ गते नै ज्ञापन बुझाएको भएपनि हालसम्म माग पूरा नगरेको बताए । मलाहाले पटकपटक वार्तामा बोलाए पनि माग पूरा नगरेकाले पुत्ला जलाइएको जसपाका नेता ओमप्रकाश यादवले बताए ।

चार दलका नेताहरूले राजनीतिक प्रतिशोध साध्न गरिएको शिक्षक सरुवा अविलम्ब खारेज गर्नुपर्ने, दरबन्दी मिलान बेगर शिक्षकको सरुवा गर्ने निर्णयमा सहभागी शिक्षा अधिकृत कृष्ण कुमार यादवलाई सरुवा गर्न, नगर शिक्षा ऐन संशोधन गर्न, राजनीतिक पूर्वाग्रही तरिकाले हटाइएका कर्मचारीलाई पुनर्बहाली गर्न, सामाजिक सुरक्षा भत्ता त्रैमासिक रुपमा उपलब्ध गराउन, कोरोनाको समयमा गरिएको खर्चको आयव्यय सार्वजनिक गर्न, सर्पदंश अस्पतालको लागि खरिद गरिएको उपकरणमा भएको अनियमितता छानबिन गरी अविलम्ब सञ्चालन गर्न, सर्वदलीय बैठकद्वारा टोल बस्ती समिति अविलम्ब गठन गरि सञ्चालन गर्न सहितका माग राखेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार