मुख्य समाचार
आफ्नो अधिकार के हो भन्ने बुझ्न जरुरी छ । | कञ्चनरूप कार्यपालिकाको नाममा अन्तरिम आदेश जारी नहुने आदेश जारी | बैंकमा कार्यरत सुरक्षागार्डको हत्या आरोपमा एक पक्राउ | कञ्चनरूप पडेमारामा अग्निपीडितलाई भाडा वर्तन लगायत सामग्री प्रदान | सरकारमा बसेर देश जनतालाई बेबकुफ बनाउँदै गरेको कांग्रेस नेताको आरोप | अनुगमन टोली आउँदा राजविराजका औषधि पसलेहरू सटर बन्द गरेर भागाभाग | सप्तरीको फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेडका सुरक्षा गार्ड मृत फेला | सुनकोशी-मरिण डाइभर्सनको सुरुङ ब्रेक थ्रु, १ लाख २२ हजार हेक्टरमा सिँचाइ पुर्‍याउने लक्ष्य | पडेमाराका अग्निपीडितलाई बाँतर सरदार समाजद्वारा राहत सामग्री प्रदान | महादेवा चिम्टीका अग्निपीडित परिवारहरू बिजोग, भुजा खाएर रात विताउनु पर्ने बाध्यता |

कञ्चनरूप पडेमाराका अग्निीपीडितलाई गृहमन्त्री लेखीले गरे आर्थिक सहयोग

Kanchan24 35+ समाचार ( )
१४ वैशाख २०८१, शुक्रबार

राजविराज । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले सप्तरीको कञ्चनरूप नगरपालिका पडेमाराका अग्निपीडितलाई आर्थिक सहयोग गरेका छन् ।
आगलागीबाट सर्वस्व गुमाएका १६ अग्निपीडित परिवारलाई प्रतिपरिवार १० हजारको दरले शुक्रबार पडेमारा टोलमै पुगेर मन्त्री लेखीले आर्थिक सहयोग गरेका हुन्  ।
आर्थिक सहयोग गर्ने कार्यक्रमका एमाले नेता सुमनराज प्याकुरेल, प्रदेश सदस्य एवम् कञ्चनरूप नगरपालिकाका पूर्व मेयर वसन्त मिश्र लगायतका स्थानीय जनप्रतिनिधिहरू विभिन्न पार्टीका नेताकार्यकर्ताहरूको समेत उपस्थिति रहेको थियो ।
आइतबार दिउँसो भएको आगलागीमा १६ परिवारको २४ घर जलेर खरानी भएको थियो भने  आगलागीमा लालमोहन सरदारको ४ वटा  ,बिजुली सरदारको ओटा , आशा सरदार , लालबहादुर सरदार , सुधीर सरदार , बिर बहादुर सरदार , श्यामबहादुर  सरदार , रामबहादुर सरदार , बुटु सरदार को दुई वटा र त्रिभुवन सरदार , करण चौधरी , समुन्द्री सरदारको एक एक वटा  गरि २४ वटा घर  जलेका थिए । 
आगलागीमा २४ वटा घर, गोठ टहरा, अन्नपात, लत्ताकपडा, फर्निचर, ग्यास चुल्हो, सिलिन्डर, बाख्रा, बाख्रा पाठो, विद्युतीय सामाग्री सहित दैनिक उपभोग्य बस्तुहरू जल्दा २५ लाख बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
अग्निपीडितहरू त्रिपाल मुनि र आफन्तको घरमा शरण लिएर बस्दै आएको स्थानीयले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार