मुख्य समाचार
सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही | बादलको अभिव्यक्तिले एमालेमा तरंग | मालपोत कार्यालय सप्तरीबाट लेखापढी व्यवसायी पक्राउ | सप्तरीमा प्रतिबन्धित औषधिसहित युवक पक्राउ | राजविराजमा डोजरको गर्जन : वर्षौँदेखि सडक निल्ने संरचनामाथि अन्ततः नगरपालिकाको प्रहार | कञ्चनरूपमा आर्या फर्माल्याबको पारा–मेडिकल कार्यक्रम , स्वदेशी औषधिको गुणस्तरमा जोड | सडकमा आन्दोलन,नेताका सन्तान विदेशमा, कार्यकर्ताका सन्तान खाडीमा | तिरहुत गाउँपालिकाद्वारा किसानलाई स्प्रे मेसिन वितरण |

दलितकाे मात्रै थर भएका व्यक्तिले जातीय प्रमाणपत्र लिनु नपर्ने व्यवस्था गर्न आयाेगकाे सुझाव

Kanchan24 1+ समाचार ( )
२ जेठ २०८०, मङ्गलबार

काठमाडौं । राष्ट्रिय दलित आयोगले गैर दलित समुदायका थरसँग मिल्ने दलित समुदायको थरको हकमा मात्रै जात प्रमाणित गर्नुपर्ने व्यवस्था गर्नेगरी सरकारलाई सिफारिस गरेको छ । आयोगले दलित समुदायका जात थरको सूची अद्यावधिक गर्दै यस्तो व्यवस्था गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।

अब दलितले मात्रै प्रयोग गर्ने थर भएको व्यक्तिले दलित प्रमाणित गर्न नपर्ने भएको छ । दलितले मात्रै प्रयोग गर्ने थरका लागि जिल्ला प्रशासन कार्यालयबाट जात प्रमाणीत गर्नुपर्ने व्यवस्था गर्नेगरी सरकारलाई सिफारिस गरिएको आयोगका अध्यक्ष देवराज विश्वकर्माले पत्रकार सम्मेलनमा जानकारी गराए ।

उनले भने, ‘हामीले यसपटक अनुसूचीमा दलितले मात्रै प्रयोग गर्ने थरलाई अलग्गै सूचीकरण गरेका छौँ । त्यसका लागि आयोगले सरकारलाई सिफारिस गरेको छ ।’

आयोगले गैरदलितसँग मिल्ने थरको हकमा भने दलित समुदायको भएको प्रमाण खुल्ने कागजात लिएर सम्बन्धित कार्यालयबाट सिफारिस लिनुपर्ने प्रावधानलाई अद्यावधिक थर सूचीकरणमा निरन्तरता दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार