मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |

राष्ट्रिय युवा संघ मोरङद्वारा लेटाङका विपन्न बालबालिकाहरुलाई खाद्यान्न सहयोग

Kanchan24 1+ समाचार ( )
३० मंगशिर २०८०, शनिबार

लेटाङ । राष्ट्रिय युवा संघ मोरङले लेटाङ ६ का एक विपन्न परिवारका बालबालिकाहरुलाई खाद्यान्न लगायतका सामाग्री प्रदान गरेको छ । लेटाङ ६ सालवारी टोलका ३ जना बालबालिकाको अवस्थाको बारेमा मोरङ खबरमा प्रशारण भएको भिडियो सामाग्री हेरेपछि राष्ट्रिय युवा संघ मोरङले तत्कालका लागि आवश्यक सहयोग उपलब्ध गराएको हो ।

आमाले छाडेर गएको तथा बाबु पनि कमाउन भारत गएपछि ३ जना बालबालिका साहारबिहिन भएको भिडियो सामाग्री हेरेपछि तत्काल केही सहयोग गर्नुपर्छ भन्ने सोचेर उनीहरुको घरमै पुगेर खाद्यान्न सामाग्री प्रदान गरिएको राष्ट्रिय युवा संघ मोरङका अध्यक्ष प्रविण घिमिरेले जानकारी दिनुभयो ।  बालबालिकाहरुको घरको अवस्था दयनीय रहेको देखेपछि अन्य व्यवस्थापन भन्दा पनि तत्काल खाद्यान्न आवश्यक देखेर सहयोग गरेको उहाँको भनाइ छ ।

उनीहरुको घरको वस्तुस्थिति बुझ्ने तथा थप के सहयोग आवश्यक छ भन्ने अध्ययन गर्ने उद्देश्यले पहिलो चरणको सहयोग उपलब्ध गराएको राष्ट्रिय युवा संघ कोशी प्रदेश उपाध्यक्ष जयप्रकाश रायमाझीले जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा २ बोरा चामल, आलु, दाल, सावन, प्याज, मसला, विस्कुट, भुजिया, मासु लगायतका सामग्री प्रदान गरिएको जानकारी दिनुभयो । 

सो अवसरमा बोल्दै स्थानीय समाजसेवी गोपाल नेपालीले राष्ट्रिय युवा संघले सहयोग गरेकोमा धन्यवाद दिंदै सो परिवारलाई आगामी दिनमा अन्य सामाग्रीको समेत सहयोग आवश्यक रहको बताउनभुयो । यस्तै नेकपा एमाले लेटाङ नगर कमिटी सचिव जीतबहादुर लामाले सो परिवारको अवस्था निकै दयनीय पाइएको भन्दै आगमी दिनमा आवास, शिक्षा, स्वास्थ्य जस्ता विषयमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

सो परिवारमा बाबु, ४ जना छोरा र १ जना छोरी रहेको पाइएको छ । बाबु कमाउन भारत गएको, १६ वर्षीय जेठो छोरा र १३ वर्षीय माइलो छोराले विद्यालय छाडेर स्थानीय क्षेत्रमै मजदुरी गर्ने गरेको तथा ११ वर्षीया छोरी, ९ वर्षीय छोरा र ६ वर्षीय छोरा घरमै बस्ने गरेको स्थानीयले बताएका छन् । जसका कारण ३ जना साना बालबालिकाहरुको लालनपालन र शिक्षा दिक्षामा समस्या देखिएको छ । 

यसैबीच लेटाङ नगरपालिका प्रमुख भूपेन्द्र कुमार लावतीले पनि सो परिवारसँग भेट गरि नगरपालिकाले पानी, विजुलीको व्यवस्था गर्ने तथा शिक्षा दिक्षामा सहजिकरण गर्ने बताउनु भएको छ । मोरङ खबरमा बालबालिकाको विषयमा भिडियो सामाग्री प्रशारण हुनासाथ धेरैजना सहयोगीहरुले विभिन्न सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै