मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |

भोगटेनी आधारभुत विद्यालय लेटाङ १ आरुवोटेको ६० औं वार्षिकोत्सव सम्पन्न (भिडियोसहित)

Kanchan24 1+ समाचार ( )
२४ फाल्गुन २०८०, बिहीबार

-तिलक राई 

लेटाङ । भोगटेनी आधारभुत विद्यालय लेटाङ १ आरुवोटेको ६० औं वार्षिकोत्सव तथा अभिभावक दिवस मंगलबार सम्पन्न भएको छ । कोशी प्रदेशका सांसद खड्ग बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा विभिन्न कार्यक्रम गरि वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरिएको हो ।

प्रमुख अतिथि प्रदेश सांसद बस्नेतले विद्यालयका जग्गादाता स्वर्गिय मुलुकसिंह लिम्बूको तस्विरमा माल्यार्पण गर्नुका रिवन र केट समेत काटेर कार्यक्रमको उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै प्रदेश सांसद बस्नेतले आफुले जिल्ला सभापति हुँदा यसक्षेत्रमा बाटो, खानेपानी र विद्यालय निर्माणमा धेरै काम गरेको भन्दै आगामी दिनमा पनि सहयोग गर्ने बताउनभुयो ।

सो अवसरमा विद्यालयको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक विरेन्द्र थापा मगरले विद्यालयको वर्तमान अवस्था र भावि योजना बारे जानकारी दिनुभयो । उहाँले देउसी भैलो खेलेर तथा विभिन्न दाताहरुबाट प्राप्त भएको गली हालसम्म विद्यालयमा ३ लाख ५० हजार अक्षयकोष स्थापना भएको पनि जानकारी दिनुभयो ।

कार्यक्रममा वर्षिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई कपि कलम दिएर पुरस्कृत गरिएको छ । यस्तै पूर्वप्रधानाध्यापक बालकृष्ण खाँण ठकुरीलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गरिएको छ । वर्षिकोत्सवको अवसरमा पुरुष अभिभावकहरुको भलिवल प्रतियोगिता तथा महिला अभिभावकहरुको डोरी तान खेल खेलाइएको थियो । दुवै खेलमा माथिल्लो आरुवोटे प्रथम भएको छ ।

कार्यक्रममा लेटाङ १ का वडाध्यक्ष विष्णु मगरको विशिष्ट आतिथ्यता रहेको थियो भने हडर्नका सुरेश अधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न विद्यालयको प्रतिनिधहरु, स्थानीय समाजसेवीहरु, विभिन्न टोल विकासका प्रतिनिधिहरु, सञ्चारकर्मी लगायतको आतिथ्यता रहेको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष रिता कुमार लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य मेनुका भुजेलले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुका लागि पुरस्कार लगायतका सामाग्रीहरु हडर्न नेपालले सहयोग गरेको थियो । कार्यक्रममा विद्यार्थीहरु, शिक्षकहरु तथा अभिभावकहरुले समेत विभिन्न गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार