मुख्य समाचार
राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै रुपनगरमा मिनी महोत्सवको रौनक | घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला |

डा. यादवको समर्थनपछि सप्तरी क्षेत्र नम्बर १ मा कांग्रेस बलियो

Kanchan24 358+ समाचार ( )
५ फाल्गुन २०८२, मङ्गलबार

कञ्चनरूप। पूर्व सांसद डा. सूर्यनारायण यादवले नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गरेपछि सप्तरी क्षेत्र नम्बर १ मा कांग्रेसको चुनावी माहोल बलियो देखिएको छ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट निर्वाचित यादवले यसपटक कांग्रेस उम्मेदवार रामदेव साहको पक्षमा खुलेर समर्थन जनाएका हुन्। उनले साहका लागि मत माग्न सुरु गर्नुका साथै घरदैलो कार्यक्रममा समेत सक्रिय सहभागिता जनाइरहेका छन्।

डा. यादवले कांग्रेस परिवर्तनको दिशामा अघि बढेको र मधेशको मुद्दालाई सम्बोधन गर्ने नीति लिएको बताउँदै सोही कारण आफू समर्थनमा उभिएको बताए।

यसैबीच नेकपा (एमाले) परित्याग गरेका पूर्वमन्त्री जितेन्द्रनारायण देव पनि नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनलाई कांग्रेसका जिल्ला सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिव सनतकुमार मण्डल र राष्ट्रियसभा सदस्य रञ्जित कर्णले फूलमाला र अविर लगाएर पार्टीमा स्वागत गरेका थिए।

देवले केही दिनअघि सप्तरीमा पत्रकार सम्मेलन गरी एमाले परित्यागको घोषणा गरेका थिए। राष्ट्रियसभाको पदावधि सकिएपछि पुनः एमालेमा प्रवेश गरेका उनी यसपटक भने कांग्रेसमा आबद्ध भएका हुन्।

यी घटनाक्रमसँगै सप्तरी क्षेत्र नम्बर १ मा कांग्रेसको संगठनात्मक र चुनावी सक्रियता बढेको देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार