मुख्य समाचार
नेकपा (संयुक्त) को आह्वान : ‘घुस नखानेहरूको पार्टी’ बनाउन जेनजी र नागरिकलाई साथ दिन अपील | कञ्चनरूपमा ९ सय ७८ केजी गाँजासहित एक युवक पक्राउ | डाक्नेश्वरीमा वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न | रुपनगरमा खानेपानीको पाइप फुटेपछि, सङ्क्रमणको जोखिम बढ्दै | छठ मनाउँदाका क्रममा पोखरीमा डुबेर पुरुषको मृत्यु | “तीन सन्तान गुमाएको पीडा : सौर्य जहाज दुर्घटना जानाजान गरिएको मानवीय त्रुटि हो’ | कञ्चनरूपमा पत्रकारमाथि कुटपिट, पत्रकारहरूको सामूहिक उजुरी | कञ्चनरुपमा पत्रकारमाथि दुर्व्यवहारः पत्रकारद्वारा कानूनी कारबाहीको माग | जोगवनी बजार तनावग्रस्त, नेपालीको प्रवेश रोकियो | Kanchan24.com पाँचौँ वर्षको यात्रा पुरा गरी छैठौं वर्षमा प्रवेस |

एमाले कोशी प्रदेश अधिवेशन : ५ बजेदेखि मतदान

Kanchan24 1+ समाचार ( )
१४ अशोज २०८०, आइतबार

विराटनगर । विराटनगरमा जारी नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि साँझ ५ बजेदेखि मात्र मतदान सुरु हुने भएको छ । प्रदेश कमिटी सदस्यमा धेरैजनाको उम्मेदवारी परेकाले सहमति जुटाउन तथा नामावली प्रकाशन र मतदानका लागि व्यवस्थापन मिलाउनका लागि समय लागेको बताइएको छ ।

विहान ११ बजेदेखि नै मतदान सुरु हुने भनिएकोमा अहिलेसम्म भएको छैन । प्रमुख निर्वाचन अधिकृत चुडामणि आचार्यले व्यवस्थापनका लागि समय अपुग भएकाले ५ बजेका लागि समय तय गरिएको जानकारी दिनुभयो । उहाँले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी भइरहेको बताउनुभयो । 

 एमालेको कोशी प्रदेश कमिटीको अध्यक्षमा मोरङका घनश्याम खतिवडा र विनोद ढकाल उम्मेदवार हुनुहुन्छ । उपाध्यक्षमा धनुकटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित हुनु भएको छ भने सचिवमा उदयपुरका शैलेश लामा र पाँचथरका राजकुमार भण्डारी उम्मेदवार हुनुहुन्छ । 

यसैगरि २ जना उपसचिवका लागि ३ जनाको उम्मेदवारी परेको छ । जसमा खोटाङका देवान राई,  मोरङका खेम नेपाली र झापाकी जलवर्षा राजवंशी उम्मेदवार छन् । यसअघि संखुवासभाका भविश्वर गुरुङले पनि उम्मेदवारी दिनु भएकोमा फिर्ता लिनु भएको छ ।  

अधिवेशनले २ सय १५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ । प्रदेश कमिटी सदस्य पदमा इलाम, पाँचथर र सोलुखुम्बूबाट सर्वसहमति भएको छ भने अन्य केही जिल्लामा पनि केही पदमा सर्वसहमति भएको छ ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार