मुख्य समाचार
खाद्य गुणस्तरमा लापरबाही भेटिएपछि मिलन डेरीलाई १० हजार जरिमाना | सप्तरी–१ कांग्रेस नेतृत्वको दौड: चार उम्मेदवार, ५ पालिका र बरमझियाको अग्निपरीक्षा | सप्तरी–१ कांग्रेसमा नेतृत्वको भिडन्त : चार आकांक्षी मैदानमा | कञ्चनरूप कांग्रेस सभापतिमा सुरज पोखरेल सर्वसम्मत | सप्तकोशीमा युवराज खनाल, तिरहुतमा घनानन्द महात्मान यादव निर्विरोध | आजदेखि सुरु भयो पितृपक्ष, १६ दिन पुर्खाको सम्झना | सप्तरी–१ कांग्रेसको नेतृत्वमा दीपककुमार गुप्ताको दाबी | सप्तकोशीमा बढ्दो दबाब, ब्यारेजका ४३ वटा ढोका खोलिए | हात्तीको बाटोमा बस्ती, बढ्दै मानव–वन्यजन्तु द्वन्द्व | कोशी ब्यारेजमा बढ्दो बाढी : ३३ ढोका खुला, गोबरगाढामा जोखिम थपियो |

पथरी-जाँते-ज्यामिरे सडकको रुख हटाउन लेटाङ नगरपालिकाको पहल (भिडियोसहित)

Kanchan24 1+ समाचार ( )
१८ माघ २०८०, बिहीबार

लेटाङ । लेटाङ जाँतेबाट पथरीसम्म जोड्ने, पथरी जाँते ज्यामिरे सडकखण्डको रुख हटाउने विषयमा लेटाङ नगरपालिकाले पहल थालेको छ ।

रुख हटाउनका लागि सो सडक, पुरानै सडक भएको प्रमाण पेश गर्नुपर्ने र त्यसका लागि तत्कालिन जाँते गाविस हुँदा जिल्ला विकास समितिबाट विनियोजित बजेटबाट काम गरिएको भन्ने प्रमाण चाहिने भनिएपछि लेटाङ नगरपालिकाले त्यस प्रकारका कागजात संकलन गरेको छ ।

कागजात संकलन पश्चात जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई सहितको टोलीलाई जाँतेमा बोलाएर सर्जिमिन गरि प्रकृया अघि बढाइएको हो । अब ति सबै कागजपत्र वन मन्त्रलयामा पेश गरेपछि रुख हटाउने प्रकृया अघि बढ्ने बताइएको छ । 

पथरी जाँते ज्यामिरे सडकको रुख नहटाउँदा जाँते पथरी सडकखण्डको केही ठाउँमा कालोपत्रे गर्न बाँकी छ भने सडक छेउमै रुख हुँदा दुर्घटनाको जोखिम बढेको छ । यता जाँतेबजारदेखि ज्यामिरसम्म ठेक्का लागेको लामो समय भइसक्दा समेत कुनैपनि काम अघि बढ्न सकेको छैन ।

पथरी जाँते ज्यामिरे सडकको रुख हटाउने विषयमा लेटाङ नगरपालिकासँग आवश्यक समन्वय र सहयोग गरिरहनु भएका लेटाङ ८ जाँते निवासी सोमनाथ दाहालसँग हामीले यसै विषयमा कुराकानी गरेका छौं । हेर्नुहोस् उहाँको भनाइ जस्ताको तस्तै । 

उहाँसँगको कुराकानीको भिडियो हेर्नका लागि  https://fb.watch/pXygHrdqI0/ मा क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार