मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |

सहिदको सालिक शिक्षा विकास परिसरमै राख्न विप्लव माओवादीको माग

Kanchan24 1+ समाचार ( )
१० माघ २०८०, बुधवार

उर्लाबारी । विप्लव नेतृत्वको माओवादी पार्टी भनेर चिनिने नेपाल कम्युनिष्ट पार्टीले मोरङको लेटाङमा देखिएको ‘सहिद’ को शालिके  विवादमा नेकपा माओवादी केन्द्र र नगरपालिका दुवै दोषि देखिएको जनाएको छ । 

लेटाङ ५ स्थित शिक्षा विकास मावि अगाडी राखिएको माओवादी जनयुद्धका सहिद हरि भट्टराईको शालिक निकालेर माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताले गत माघ ४ गते लेटाङ बसपार्क बनाउन लागिएको खाली स्थानमा शालिक ठड्याएका थिए । त्यसपछि लेटाङ नगरपालिकाका नगर प्रहरीले सो शालिक हटाएपछि त्यो कार्यको सहिद स्मृति प्रतिष्ठानको नाममा माओवादी केन्द्रले विरोध जनाउँदै आएको छ ।

यसै विषयलाई लिएर विप्लव नेतृत्वको नेकपाले सहिद भट्टराईको शालिकलाई पुर्ववत अवस्थामै शिक्षा विकास मावि परिसरमै राखिनुपर्ने भन्दै विज्ञप्ति जारी गरेको हो । ‘लेटाङ ५ स्थित शिक्षा विकास मावि परिसरमा फलैचासहित सो शालिकलाई पुनः ससम्मान स्थापित गरियोस्’, विज्ञप्तिमा भनिएको छ । यस्तै, स्थानीय सरकारको नेतृत्वमा साविकका लेटाङ, भागटेनी, जाँते र वाङ्गी गाविसमा सहादत प्राप्त गर्ने १६ जना सहिदको नाममा सहिद स्मारक पार्क बनाउन पनि विज्ञप्तिमा माग गरिएको छ । 

नेकपाका पूर्वी मोरङ जिल्ला सचिव डिल्ली सीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ  ‘नाटकीय ढंगबाट भएका दुबै घटनाले नेकपा मोरङको गम्भीर ध्यानाकर्षण भएको छ ।’ शालिक राखिएको स्थान वरपरका बासिन्दालाई जानकारी नगराएको र विरालोले न्याउरा सारे जसरी अन्यत्र स्थानान्तरण भएको भन्दै मओवादी केन्द्रलाई दोष दिएको नेकपाले नगरपालिकाको पनि गल्ति औंल्याएको छ ।

लेटाङ नगरपालिकाले सुरक्षाका नाममा प्रहरी कार्यालयमा शालिक राखेको जनाउँदै सो कार्य संवेदनशील र अराजक भएको टिप्पणी गरिएको छ । शालिक हटाउने र राख्नेजस्ता कार्य दुःखद परिस्थिति भएको जनाउदै दुबै पक्षलाई समस्या समाधान गर्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

प्रतिक्रिया

इमनथ पोखरेल ११ माघ २०८०, बिहीबार

पदमा राजनिती,प्राकृतिक श्रोत साधन प्राप्तिको राजनिती,भ्रस्टाचारको राजनिती,आफ्नो आन्को भैंसी नदेख्ने अर्काको आन्को जुम्रा देख्ने राजनिती,मन नपरेकाको अर्ति बीस सम्झने राजनिती,माथिका नेताको सिको गर्ने राजनिती त चलनै बनाइयो है। तर श्रमजिबी सर्बहारा किसान मजदुरको हक ,हित ,रमुक्तिको आन्दोलनमा जीवन मुक्तिदान गर्ने योद्धा माथी टेकेर राजनितिको खेल नखेले बेस होला।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार