मुख्य समाचार
नेकपा (संयुक्त) को आह्वान : ‘घुस नखानेहरूको पार्टी’ बनाउन जेनजी र नागरिकलाई साथ दिन अपील | कञ्चनरूपमा ९ सय ७८ केजी गाँजासहित एक युवक पक्राउ | डाक्नेश्वरीमा वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न | रुपनगरमा खानेपानीको पाइप फुटेपछि, सङ्क्रमणको जोखिम बढ्दै | छठ मनाउँदाका क्रममा पोखरीमा डुबेर पुरुषको मृत्यु | “तीन सन्तान गुमाएको पीडा : सौर्य जहाज दुर्घटना जानाजान गरिएको मानवीय त्रुटि हो’ | कञ्चनरूपमा पत्रकारमाथि कुटपिट, पत्रकारहरूको सामूहिक उजुरी | कञ्चनरुपमा पत्रकारमाथि दुर्व्यवहारः पत्रकारद्वारा कानूनी कारबाहीको माग | जोगवनी बजार तनावग्रस्त, नेपालीको प्रवेश रोकियो | Kanchan24.com पाँचौँ वर्षको यात्रा पुरा गरी छैठौं वर्षमा प्रवेस |

भुटानी शरणार्थी प्रकरण: बादलका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी

Kanchan24 1+ समाचार ( )
३१ वैशाख २०८०, आइतबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

शरणार्थी प्रकरणमा थापाको संलग्नता देखिएकपछि प्रहरीले आइतबार पक्राउ पुर्जी जारी गरेको हो । यसअघि बादल गृहमन्त्री हुँदा उनका सल्लाहकार रहेका इन्द्रजित राईलाई प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा पूर्वगृहमन्त्री थापाका छोरा प्रतीकको पनि संलग्नता देखिएकाले थप अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरिएको प्रहरी स्रोतले जनाएको छ । 

तर, पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकले भने यसअघि विज्ञप्ति जारी गरी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका थिए । प्रतीकले आफूले अनुसन्धानका लागि प्रहरीलाई सहयोग गर्ने पनि प्रतिबद्धता जनाएका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा यसअघि आइतबार नै कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ ।

शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण भट्टराई, पूर्वगृहमन्त्री बादलका सल्लाहकार इन्द्रजित राई, एमाले सचिव टोबहादुर रायमाझीका छोरा सन्दिप रायमाझीलगायत १२ जना पक्राउ परिसकेका छन् । शरणार्थी प्रकरणमै मुछिएका एमाले सचिव रायमाझी भने पक्राउ पुर्जी जारी भएपछि फरार भएका छन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार