मुख्य समाचार
कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश |

रुपनगरमा खानेपानीको पाइप फुटेपछि, सङ्क्रमणको जोखिम बढ्दै

Kanchan24 325+ समाचार ( )
२२ कार्तिक २०८२, शुक्रबार

रुपनगर चौकमा सडक विस्तारसँगै खानेपानी पाइप फुट्यो

एक हप्ता बितिसक्दा पनि मर्मत नहुँदा पानी खेर

ढल मिसिने जोखिम, सङ्क्रमणको खतरा

स्थानीयवासी आक्रोशित, निकाय मौन

कञ्चनरूप। कमला–कञ्चनपुर सडक विस्तारका क्रममा रुपनगर चौकमा रहेको खानेपानीको पाइप फुटेपछि स्थानीयवासीमा पानीजन्य रोग फैलिने जोखिम बढेको छ । पाइप फुटेको एक हप्ता बितिसक्दा पनि शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले कुनै चासो नदेखाउँदा समस्या अझ गम्भीर बन्दै गएको हो ।

स्थानीयहरूका अनुसार फुटेको पाइपबाट लगातार पानी बगिरहेको छ । करिब एक इन्च व्यासको पाइप निरन्तर चुहिँदा ठूलो मात्रामा पानी खेर गइरहेको छ । सडक विस्तार सुरु हुनुअघि नै उक्त क्षेत्रबाट खानेपानी पाइपलाइन गए पनि पूर्वतयारी नगरी सडक निर्माण कार्य अघि बढाउँदा पाइप क्षति पुगेको हो ।

अब फुटेको पाइप नजिकै ढल पाइप विस्तार गरिएकोले ढल मिसिने सम्भावना थपिएको छ । सरोकारवालाहरूले चेतावनी दिएका छन् कि यसरी खानेपानी र ढलको पाइप समान क्षेत्रमा चल्दा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने खतरा बढेको छ ।

स्थानीयवासीले पटक–पटक गुनासो गरे पनि सम्बन्धित निकाय मौन बसेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरूको भनाइ छ — “एक हप्ता बितिसक्दा पनि पानी खेर जानु र निकायले नदेख्ने कुरा उपभोक्ता माथिको बेवास्ता हो।”

यता, खानेपानी संस्थाका जिम्मेवार अधिकारीहरूले भने यसबारे तत्काल जानकारी लिएर मर्मत कार्य सुरु गर्ने आश्वासन दिएका छन् । तर स्थानीयहरूले तत्काल समस्या समाधान नभए स्वास्थ्य सङ्कट उत्पन्न हुने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार