मुख्य समाचार
कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? |

सप्तरीको खडक नगरपालिकाका भूमिहीन सुकुमबासीहरू लाई गृहमन्त्री श्रेष्ठद्वारा लालपुर्जा वितरण

Kanchan24 325+ समाचार ( )
१२ फाल्गुन २०८०, शनिबार

कञ्चनरूप। गृहमन्त्री नारायण काजी श्रेष्ठले सप्तरीको खडक नगरपालिकाका भूमिहीन सुकुमबासीहरूलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरेका छन् । राष्ट्रिय भूमि आयोग जिल्ला समिति सप्तरीको समन्वय तथा खडक नगरपालिकाद्वारा सप्तरीको कल्याणपुरमा शनिबार आयोजित एक समारोहका बिच भूमिहीन सुकुमबासीहरूलाई गृहमन्त्री श्रेष्ठले लालपुर्जा वितरण गरेका हुन् । 
 गृहमन्त्री श्रेष्ठले खडक नगरपालिका वडा नम्बर ६ का भूमिहीन सुकुमबासीहरू देव कुमारी माझी, बिनु कुमार थिङ, जिपछी कुमारी चौधरी, कविता कुमारी चौधरी, जुवेदा खातुन, मखबुल मियाँ, शलमा खातुन, भुलकु खातुन र सामु साहु हलुवाईलाई जग्गाधनी प्रमाणपत्र प्रदान गरे । 
जग्गाधनी प्रमाणपत्र वितरण गर्दै गृहमन्त्री श्रेष्ठले नेपाललाई सुकुम्बासी मुक्त देश बनाउने अभियानमा सरकार अगाडि बढेको बताए । अब देशमा कोही नेपाली नागरिक भूमिहीन सुकुम्बासी नरहने बताउँदै उनले त्यसैको लागि सामन्ती शासनको अन्त्य गर्दै कठोर जनयुद्ध, जनआन्दोलन, मधेश तथा आदिवासी जनजाति आन्दोलनबाट संघीय  लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको उल्लेख गरे । 
संघीयताले देश विकासमा ठूलो योगदान गरेको दावी गर्दै गृहमन्त्री श्रेष्ठले संघीय व्यवस्थालाई थप बलियो बनाउन संघीय शिक्षा ऎन, प्रदेश प्रहरी समायोजन ऎन लगायतका संघीय प्रणालीलाई सहयोग पुग्ने कानुन निर्माण सरकारले गरिहेको बताए । 
सामाजिक तथा आर्थिक रूपान्तरणका लागि देशमा सुशासन कायम हुनुपर्ने भन्दै गृहमन्त्री श्रेष्ठले वर्तमान सरकारले भ्रष्टाचार विरुद्ध कडा कदम उठाएको जिकिर गरे  । 
गृहमन्त्री श्रेष्ठले सार्वजनिक जग्गा अतिक्रमण गर्नेमाथि सरकारले कारबाही प्रक्रिया अगाडि बढाएको बताउँदै जालझेल गरि कसैले सार्वजनिक जगा कब्जा गरिएको पाइएमा उक्त जग्गालाई राष्ट्रियकरण गरेरै  छोड्ने उद्घोष गरे। 
मिटर ब्याजी पीडितहरूको पक्षमा कानुन बनाएरै मेलमिलापको माध्यमले सरकारले समस्या समाधान गरिरहेको चर्चा गर्दै गृहमन्त्री श्रेष्ठले जिल्ला प्रहरी कार्यालय मार्फत उजुरी लिएर थप मिटर ब्याजी पीडितहरूको समस्यालाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले मिटर ब्याज समस्या समाधान हुदैन भन्ने भ्रमलाई पालेर नराख्न पीडितहरूलाई आग्रह गरे ।
उक्त अवसरमा गृहमन्त्री श्रेष्ठले मावि कल्याणपुरको परिसर भित्र नवनिर्मित खडक बहुमुखी क्याम्पसको भवन समेत उद्घाटन गरे । 
भवन उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले क्याम्पसले छिट्टै सम्बन्धन पाउने विश्वास गरे । उनले क्याम्पसको बाँकी पूर्वाधार निर्माण कार्यमा संघीय सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 
खडक नगरपालिकाका प्रमुख जयप्रकाश चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत उपसचिव हरेन्द्र कुमार श्रेष्ठले गरेका थिए भने स्वागत नगर उपप्रमुख रिता कुमारी चौधरीले गरिन । 
उक्त समारोहमा मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपाने, पूर्व सञ्चार मन्त्री रुवि कर्ण, प्रदेश सभा सदस्य माला कुमारी कर्ण, पूर्व सांसद अशोक कुमार मण्डल, सूर्यनाथ यादव, लक्ष्मी चौधरी, राष्ट्रिय भूमि आयोग सप्तरीका अध्यक्ष हरेराम यादव, प्रमुख जिल्ला अधिकारी किरण थापा लगायतका  जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार