कञ्चनरूप को १० औं नगरसभामा
कञ्चनरूपकी उपमेयरले नगर सभा हलमै नगर प्रहरीलाई पिटिन

१६ श्रावण २०८१, बुधवार
कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिकाको १० औं नगरसभामा आफ्नो मनलाग्दी तरिकाले बजेट चलाउन नपाउँदा नगर प्रमुखमाथि जाई लाग्न लाग्दा रोक्न पुगेकी एक नगर प्रहरी महिला माथि हात छोडेकी छन ।
आफू अनुकुल बजेट नभएको भन्दै नगर सभाहलमै रुन कराउन थालेकी उपप्रमुख मुना कुमारी पोखरेलको कुनै दाल नगले पछि नगर प्रमुख ललन प्रसाद गुप्तालाई नै जाई लाग्न लाग्दा नगर प्रहरीले बचाउ गर्दा महिला नगर प्रहरीलाई पिटिन । त्यति मात्र हैन नेपाल प्रहरीकी एक महिला प्रहरीलाई पनि धम्क्याएकी थिएन ।
उपप्रमुख पोखरेलले १० औँ नगर सभा तथा बजेट कार्यक्रम भदौ २२ गते गर्नु पर्ने भन्दै स्थगितको घोषणा गरेर आफै बाहिर निस्किन र तर उनका पछाडि कुनै पनि नगर सभामा भाग दिन आएका सदस्य गएनन् ।
आफ्नो पछाडि कोही नआए पछि नगर सभा हलको ढोका फुटाउला झै गरी ढोका ठेली तथानाम फलाक्दै गर्दा पनि कुनै सभा सदस्यले चासो दिएनन् ।
१० औँ नगर सभा तथा बजेट कार्यक्रम उपप्रमुख बाहेकका ६४ सदस्यले एक मतका साथ पास गरेका छन ।