मुख्य समाचार
सप्तरीमा गगन थापा कडा अभिव्यक्ति: ‘भदौ २३–२४ बिर्सन सकिँदैन, संकटमा काँग्रेस नै भरोसा’ | पुराना हारको बदला कि नयाँको उदयः सप्तरी–१ को चुनावी माहोल | मधेश केन्द्रित चुनावी अभियानमा बालेन, सप्तरीदेखि बर्दिबासतर्फ दौडाहा | पत्रकारका प्रश्नमा डीएसपी रायमाझीः अपराध नियन्त्रणमा सम्झौता हुँदैन | समानुपातिक सूचीबाट नाम हटाइनु दलको लापरवाही कि उम्मेदवारको बेवास्ता ? | चुनाव आयो, प्रश्न उहीँ छन् ,सप्तरीलाई भाषण चाहिएको हो कि नतिजा ? | आचारसंहिता कडाइः सप्तरीमा चुनावी मैदानमा अनुशासनको सन्देश | सप्तरी–२ः चुनावभन्दा ठूलो बहस मतपत्रमा नाम होइन, मधेशको दिशा राखिँदैछ | सप्तरी–२ मा शक्ति परीक्षणः राउत–सिंहको सीधा भिडन्त, यादवको प्रवेशले झन् जटिल | सप्तरी–१ मा २२ उम्मेदवार मैदानमा, प्रतिनिधिसभा निर्वाचन थप रोचक |

उज्यालो र प्रविधिका बिच दुर्घटना, न चालकको पहिचान , न दरो अनुसन्धान

योगेन्द्र कुमार रौनियार ( उमेश )  15+ समाचार ( )
२९ जेठ २०८१, मङ्गलबार

कञ्चनरूप । उज्यालो सडक , चोक चोकमा सिसि टिभी क्यामरा जडान तर सडक दुर्घटना हुँदा न मान्छेले देख्ने न क्यामरामा कैद हुन , यस्तै अवस्थामा कञ्चनरूप नगरपालिका ८ की एक महिलाले अनाहकमा ज्यान गुमाउनु पर्यो । 
कुरा गत ज्येष्ठ ९ गते राति करिब ८ बजे तिरको हो कञ्चनरूप नगरपालिका ८ की ५६ बर्षिया जयमाला देवी गुप्ता सधैँ  हिँडिरहने सडकमा कञ्चनपुर बेरियरमा आयोजित अष्टजामको भजन कीर्तन हेरेर फर्किने क्रममा मोटरसाइकलले ठक्कर दिँदा गम्भिर घाइते भइन घाईते भएकी गुप्ताको कञ्चनपुरको नगर अस्पतालमा प्राथमिक पश्चात विराटनगरको नोबेल सम्म पुर्याइयो । उपचारकै क्रममै  घाईते गुप्ताको गत ज्येष्ठ १५ गते निधन भएको  ।
कुरा प्रविधि र उज्यालाको , सडक भरि बत्ती जडान को के अर्थ अव सडकमा दुर्घटना गराउने सवारी साधन पहिचान हुन सक्दैन भने , त्यो प्रविधि के काम ठक्कर दिने सवारी साधन क्यामरामा कैद हुँदैन भने ।
दुर्घटना भएको तेस्रो साता बित्न लाग्दा समेत प्रहरीले ठक्कर दिने मोटर साइकल र चालकलाई नियन्त्रणमा लिन किन प्रहरी प्रशासन सकेन ? 
उता मृतक गुप्ताका छोरा डाक्टर तुला गुप्ताले घटना घटेको तीन साता बित्न लाग्दा समेत प्रहरीको अनुसन्धानबाट केही पनि नखुल्नु दुःखद रहेको बताउँदै दुर्घटनामा संलग्नलाई कार्यवाहीका लागि पीडित परिवारले के गर्नुपर्ने ? प्रश्न गरेका थिए । डाक्टर गुप्ताले सामान्य घटनामा प्रहरी र पत्रकारले चासो लिए पनि आफ्नो आमाको मृत्युको घटनालाई गम्भीरतापूर्वक नलिएको गुनासो गरेका थिए । दोषी पत्ता लगाउन प्रहरीले आनाकानी गरे अनशन बस्न पनि पछि नपर्ने बताउँदै डाक्टर गुप्ताले घटनाबारे तत्काल निष्पक्ष अनुसन्धान गर्न जोड दिएका थिए । पीडित परिवारसँगै अवलोकित दैनिकका सम्पादक भोला पासवान समेतले प्रहरीलाई घटनाबारे मिहिन अनुसन्धान गर्नुपर्नेमा जोड दिएका थिए । 
यता इलाका प्रहरी कार्यालयबाट उक्त दुर्घटनामा संलग्न प्रहरी अधिकारीका अनुसार कञ्चनरूप नगरपालिकामा सिसिटिभी फुटेजका लागि गएपनि  कुनै सहयोग नगरेको बताए । ती प्रहरी अधिकारीले भने,‘ कञ्चनरूप नगरपालिका भित्रको सिसिटिभी मर्मतका लागि लिखित रूपमै १५ दिनअघि जानकारी गराए पनि कुनै चासो लिएको छैन । ’

a

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार